प्रख्यात म्याग्जिन फाेर्ब्सबाट सन् २०१९ मा विश्वकै सबैभन्दा कम उमेरको ‘सेल्फमेड बिलेनियर’ घाेषित भएकी काइली जेनरलाइ उक्त अर्वपति सूचिबाट हटाइएकाे छ ।
फाेर्ब्सले यस वर्षको सूचि शुक्रबार जारी गर्ने क्रममा जेनरकाे नाम हटेकाे पाइएकाे छ ।
फोर्ब्सले सूचिबाट हटाउँदै जेनरलाइ आफ्नाे सम्पती बारे बढाइचढाइ गरेर तथ्याङ्क जानकारी गराएकाे आरोप समेत लगाएको छ ।
जेनरको आफ्नै कस्मेटिक लाइन छ । जेनर परिवारले सबैभन्दा कान्छी सदस्य काइलीको सम्पत्ती वास्तविक भन्दा धेरै देखाउनका लागि लामो प्रयास गरेको फोर्ब्सले उल्लेख गरेको छ ।
तर ट्वीट गरेर काइलीले फोर्ब्सको आरोप खारेज गर्दै सो अभियोग असत्य र अप्रमाणित रहेको उल्लेख गरेकी छन् । फोर्ब्सले विश्वका १०० धनी व्यक्तिको सूचिमा उनलाई नराखेको आक्रोश ट्वीटरमा पोखेकी हुन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij