काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३११ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुराको जानकारी दिएका हुन्।
बितेको २४ घण्टामा ५ हजार ३२ जनाको पिसिआर परीक्षण गरिएको छ। हालसम्म ३ लाख ५२ हजार ३०७ जनाको परीक्षण भइसकेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १२१ जनाले कोरोना जितेर घर फर्किएका छन् ।
यो सँगै नेपालमा कोरोना जित्नेको संख्या १३ हजार ८ सय ७५ पुगेको छ ।
नेपालमा हाल सम्म ४८ जनाले कोभिड–१९ संक्रमणबाट ज्यान गुमाईसकेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij