कृषि क्षेत्रको व्यावसायिक बिकास गर्ने उद्देश्यले नेपाल मै पहिलो पटक बृहत अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी (Nepal Agritech 2017) को आयोजना यही फाल्गुण ६ देखी ८ गते सम्म भृकुडीमण्डप, काठमाडौंमा हुन गइरहेको छ ।
नेपाल, भारत, मलेसीया, चीन, ताइवान, इटाली, इजराइल, बंगलादेश, जर्मनी,बेलजियम, नेदरल्याण्डस सहित १६ देशका २०० भन्दा बढी प्रदर्शनीकर्ताहरुको सहभागिता रहने यस प्रदर्शनीमा आधुनिक कृषि यन्त्र तथा उपकरणहरु, आधुनिक खेती प्रणाली, डेरी उद्योग, मत्स्यपालन उद्योग, पोल्ट्री उद्योग एवं पशुपालन उद्योग सम्बन्धी विभिन्न प्रविधिहरुको प्रदर्शनी गर्नुका साथै कृषि, पशुपालन तथा डेरी सम्बन्धि विभिन्न प्राविधिक गोष्ठीहरु पनि संचालन गरिनेछ ।
कृषि बिकास मन्त्रालय, कृषि ईन्जिनीयरिङ्ग निर्देशनालय, मिडिया स्पेश सोलुसन प्रा.लि., फ्यूचरेक्स इन्डिया र कृषि मेसिनरी व्यवसायी संघकोे संयुक्त आयोजनामा हुन गइरहेका उक्त प्रदर्शनीमा पशुपंक्षी बिकास मन्त्रालय ,कृषि उद्यम केन्द्र, आर. एण्ड डि. इनोभेटिभ सोलुसन प्रा.लि. र नेपाल कृषि सहकारी केन्द्रिय संघ सहयोगिको रुपमा रहेका छन् ।
निःशुल्क अवलोकनको व्यवस्था गरिएको उक्त प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पु¥याउने साना साना औजार, मेसिन देखी लिएर कृषि, डेरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठूला ठूला उपकरणहरुको प्रदर्शनी लगायत डेमो पनि गरिने बताउदै नेपालको कृषि क्षेत्रको यान्त्रीकरणमा सहयोग पुर्याउन यो प्रदर्शनी कोशेढुंगा सावित हुने आयोजक मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक सर्जल भट्टराईले बताए ।
उक्त प्रर्दशनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्धारा कृषि उत्पादन बृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij