
काठमाडौं । काठमाडौंको चुच्चेपाटीमा रहको प्रोग्रेसिभ सेकेण्डरी स्कुलले शुक्रबार बार्षिकोत्सव सम्पन्न गरेको छ । अखिल नेपाल फुटबल संघका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न र Annual sports meeting – 2079 नाम दिइएको उक्त कार्यक्रममा अभिभावक, अतिथि एवं विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
‘वक्रतुण्ड महाकाय….’ र ‘या कुन्देन्दु तुसार हार धवला…..’ लगायतका मन्त्र सहितका प्रस्तुतीबाट गणेश र सरस्वतीकाे स्तुतिगान गरी पूर्वीय संस्कारकाे झल्काे दिने गरी स्वागत गरिएको उक्त कार्यक्रम निकै उल्लासमय वातावरणमा सम्पन्न भयो ।
स्पोर्ट्स मिटिङको अवसरमा विद्यार्थीहरुले आफ्नो क्षमता प्रस्तुत गर्ने विभिन्न नृत्य, नाटक लगायतका प्रस्तुती पस्किएका छन् । साथै आफ्ना छोराछोरीमा विकास भएको प्रतिभाले अभिभावकहरुलाई खुसी तुल्याएको अनुभव गर्न सकिन्थ्यो ।
सोही अवसर पारेर बर्षभरी विद्यार्थीले विभिन्न विधामा उत्कृष्टता प्रदर्शन गरेबापत पुरस्कार वितरण समेत गरिएको छ ।
कार्यक्रममा धारणा राख्दै प्रमुख अतिथि कर्मा छिरिङ शेर्पाले बालबालिका लगायत सबैले अनिवार्य रुपमा नियमित खेलकुद वा कुनै शारीरिक क्रियाकलापमा संलग्न हुनुपर्ने आवश्यकता बारे जानकारी गराउनुभयो । उहाँले खेलले अनुशासन सिकाउने, शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त बनाएर संवेगहरुलाई नियन्त्रणमा राख्न समेत सहयोग पु¥याउने बताउनुभयो । नियमित अनुशासनपूर्वक शारीरिक श्रम वा अभ्यास गर्ने व्यक्ति अधिकांश स्वास्थ्य समस्याबाट छुटकारा पाउन सक्ने समेत शेर्पाको तर्क छ ।
साथै विद्यार्थीहरुमा बहुआयामिक क्षमता विकासको उद्देश्य सहित आफूहरूले युगको आवश्यकतालाई मध्यनजर गरि उत्कृष्ट विधिबाट पठनपाठन गर्दै आईरहेको विद्यालयका प्रिन्सिपल विष्णु पराजुली बताउनुहुन्छ ।
हाल करिब ५ सय विद्यार्थी पठनपाठन गर्दै आएको प्रोग्रेसिभ स्कुल सहितको टीमले विनायक सिद्ध कलेज सञ्चालन गरि प्रमाणपत्र र स्नातक तहको समेत पठनपाठन गर्दै आएको छ ।
विद्यालयले बार्षिक कार्यक्रमको अवसर पारेर उत्कृष्ट शिक्षकहरुलाई समेत सम्मान गरेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij