
माउन्ट एभरेष्ट वाइनरी प्रा.लि.ले बजारमा ल्याएको ‘प्रिन्सेस वाइन’ नेपालको लागि नयाँ वाइन हो । नेपालमा पहिलो पटक किवीको स्वादमा वाइन उत्पादन गर्ने यो पहिलो कम्पनी हो ।
स्याउ, अङ्गुर, नास्पाती लगायतका वाइनहरुको स्वाद लिइसकेका उपभोक्ताहरुको ‘प्रिन्सेस’ मार्फत वाइनको अब अलग नयाँ स्वाद लिन पाउनेछन् ।
यो वाइन दशैं भन्दा पहिले देखि नै बजारमा ‘प्रिन्सेस’ ब्राण्डमा सार्वजनिक गरिएको हो । यस प्रडक्टले नेपालीहरुको मन जित्न सफल हुनेमा कम्पनी विश्वस्त छ ।
हाल यस कम्पनीले ‘प्रिन्सेस’ रेड वाइन र ‘प्रिन्सेस’ ह्वाइट वाइन गरी २ भेराइटीमा आफ्ना प्रडक्ट बजारमा उपलब्ध गराएको छ ।

अहिले यस कम्पनीले काठमाडौं उपत्यका र धादिङ लगायतमा बजार सञ्जाल विस्तार गरिसकेको छ । अब छिट्टै पोखरा र नेपालका पूर्वी तथा पश्चिमी क्षेत्रहरुमा यसलाई लन्च गर्ने योजनामा कम्पनी रहेको कम्पनीका सिनियर सेल्स अफिसर सरोज प्याकुरेलले जानकारी गराए ।
धनकुटाको राजारानीमा फ्याक्ट्री रहेको यस कम्पनीलाई किवी उपलब्ध गराउने कार्य सिन्धुपाल्चाेकका किवी उद्यमी दिनेश प्रसाद सिग्देलले गर्दै आएका छन् । उनी ‘प्रिन्सेस’ ब्र्राण्डका रिजनल डिष्ट्रिव्युटर समेत हुन् ।
गुणस्तरीयतालाई ध्यान दिई उत्पादन गरिएको यो वाइन प्रिमियम मूल्यमा बजारमा ल्याइएको छ । बजारमा यस ब्राण्ड प्रति चासो बढ्दै गइरहेको समेत प्याकुरेलले जानकारी दिए । 
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij