
काठमाडौं । तारकेश्वरबाट सञ्चालित प्रारम्भ वल्र्ड स्कुलको जुनियर तर्फ अर्थात पिजी देखि कक्षा ३ सम्मको अभिभावक दिवस यही फागुन ४ मा सम्पन्न भएको छ ।
राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको उक्त अभिभावक दिवसका प्रमुख अतिथि एनआर कलेजका क्याम्पस प्रमुख राजीव धिताल रहनुभएको थियो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष विनोद चापागाईंको अध्यक्षतामा उक्त समारोह सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि धितालले तारकेश्वर क्षेत्रमा उक्त विद्यालयले उत्कृष्ट विद्यालयको पहिचान बनाइरहेको र आगामी दिनमा

बालबालिकाको वैयक्तिक क्षमता विकासमा अझ महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने भन्दै थप सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो ।
प्रिन्सिपल कमल प्रसाद ज्ञवालीले आफ्नो मञ्तव्य राख्दै विद्यालयले सञ्चालन गरेका विभिन्न गतिविधि एवं भावी योजना सम्बन्धमा बताउनुभयो । विद्यार्थीको अन्तरनिहीत क्षमता प्रस्फुटन एवं सृजनशिल क्षमता अभिवृद्धिको लागि विद्यालयले विभिन्न रचनात्मक गतिविधिहरु निरन्तर सञ्चालन गर्दै आएको ऊहाँले बताउनुभयो ।
सोही कार्यक्रममा अभिभावकको तर्फबाट मञ्तव्य राख्दै सर्मिला ढकालले विद्यालय प्रति शुभेच्छा प्रकट सहित कविता वाचन गर्नुभयो । ऊहाँले विद्यालयका गतिविधिहरुबाट आफूहरु सन्तुष्ट रहेको भन्दै विद्यालय व्यवस्थापन पक्षको प्रशंसा गर्नुभयो ।

कार्यक्रमको स्वागत मञ्तव्य प्रि–प्राइमरी तर्फकी कोर्डिनेटर शान्ति कोइरालाले गर्नुभएको थियो ।
अभिभावक दिवसमा विद्यार्थीहरुले नृत्य, गायन, नाटक, अभिनय, फेसन शो लगायतका उत्कृष्ट गतिविधि प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा झण्डै १ हजार अभिभावकहरुको उपस्थिति रहेको थियो ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij