काठमाडाैं । बालबालिकामा भएको अन्तरनिहीत प्रतिभाको खोजी गर्ने उद्देश्यले प्रतिभाको खोजी गर्दै ANP Media House ले विभिन्न Catagory मा सम्पन्न गरेको Nepal’s Little Icon Award-2023 को छात्र तर्फ प्रारम्भ वर्ल्ड स्कुल एण्ड कलेजमा कक्षा ५ मा अध्ययनरत छात्र आयान्श ज्ञवालीले सर्वोत्कृष्ट विजेताको उपाधि हात पारेका छन् ।
साथै उनले सर्वोत्कृष्ट उपाधिको अलावा अन्य विधा the ‘Most confidence’ , ‘The Best Art’ तथा ‘The Facebook Choice’ समेत हात परेका छन् ।
त्यसै गरी सोही विद्यालयका कक्षा ६ मा अध्ययनरत छात्रा ग्रिष्मा सापकोटाले ‘Serior Girl’s Category’ मा ‘The Best in Singing’ तथा ‘Miss Congeniality’ को उपाधि प्राप्त गरेकी छिन् ।
प्रारम्भ वर्ल्ड स्कुलकै कक्षा ६ मा अध्ययनरत अर्की छात्रा सोविना तामाङले ‘Teen girls category’ मा ‘The Best in Singing’ तथा ‘Facebook Choice’ को उपाधि प्राप्त गरेकी छिन् ।

साथै कक्षा ७ मा अध्ययनरत छात्रा प्रशिका महर्जनले ‘Management Choice’ को उपाधि हासिल गरेकी छिन् ।
ANP Media House द्वारा सञ्चालित उक्त कार्यक्रम १ महिना अवधि सम्म लगातार सञ्चालन भई माघ २६ गते विहीवार सम्पन्न भएको थियो ।
समापनका सम्पूर्ण कार्यक्रमहरु राष्ट्रिय नाचघर जमलको कार्यक्रम हलमा सञ्चालन गरिएकाे थियाे ।
यस प्रकारका प्रतिभाको खोजीले बालबालिकाको मनोबल अभिवृद्धि गर्नुका साथै उनीहरुमा सकारात्मक सोच विकास गर्ने र प्रतिष्पर्धी बनाउँदै लैजाने आयोजक पक्षको विश्वास छ ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij