२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

प्रचण्ड सरकार हो, चिन्नुस् !!!

प्रचण्ड सरकार हो, चिन्नुस् !!!

दुई बाहेक सबै विश्वास पाएको थिएँ पहिले
घट्दाघट्दै झिनो बहुमतमा पाएको छु मैले ।
काम गरेन भन्छन् भनी भ्रष्टाचारी हानेँ
त्यो लाइनमा आफ्नै परे झोक्राएको छु अहिले ।१।
भारत गएँ बाह्र पन्ध्र मुर्रा राँगा उपहार ल्याएँ
चिन गई भैसी मासु पठाइदिन्छु भन्दिएँ ।
कसलाई के था यी नेपाली बालेन पछि लाछन्
चामल, ग्यास बढाएँ बल्ल प्रचण्ड चिन्न पाछन् ।२।
दुई चार दिन सडक तात्ला सदन पनि तात्ला
तात्दै गर्छन् सडक हाम्लाई यही तन्त्र नै फाप्ला ।
काङ्ग्रेस, एस र मधेसवादी घोडा भाछन् ऐले
फू गर्दिन्छु कहाँ जालान् र, तर्साइराछु मैले ।३।
फेरि साशन पाइन्न हेर्नुस् आशै मारेँ मैले
नयाँ-नयाँ उम्रिराछन् के गर्ने हुन् तिनले ?
यही हो मौका अन्तिमपटक कमाइ गर्नुपर्ने
महङ्गी बढ्यो, बढ्छ किन चासो लिइरहनुपर्ने ।४।
सबै सत्रु हुन् कि जस्तो मलाई भान पार्याछन्
व्यापारी जस्तै डाक्टर, मास्टर सडकमा आछन् ।
घेराबन्दी सबले पारे बाँकी थिए तिनै जनता
महङ्गीले आउलान् भनी डराइराछ मन ता ।५।
उपलब्धि धेरै भाछन् मजा लिनुस् ढुक्क
अहिले चुप्प लाग्नुस् बरु पछि भन्नुहोला थुक्क ।
सबले जान्नुस् भन्या मान्नुस् गठबन्धनको तीर
भ्रष्टाचार र महङ्गीले छुन्छ अझै सगरमाथा शिर ।६।
-राजन प्रसाद पाेखरेल,  धुर्काेट-४, जैसिथाेक, गुल्मी

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij