२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

पोखरा फाइनान्स र समृद्धि फाइनान्स १:१ को स्वापमा मर्ज हुने

पोखरा फाइनान्स र समृद्धि फाइनान्स १:१ को स्वापमा मर्ज हुने

  • मंगलबार, पुष २२ २०८२

काठमाडाैं । पोखरा फाइनान्स र समृद्धि फाइनान्स समान हैसियतमा मर्जरमा जाने भएका छन्। संयुक्त मर्जर समितिले १:१ शेयर आदान प्रदान अनुपात निर्धारण गरेको हो ।

संयुक्त मर्जर समितिबाट दुबै कम्पनिको सम्पति, दायित्व तथा कारोबारको मुल्यांकन गर्न नियुक्त मुल्यांकनकर्ताले दुबै कम्पनीको सम्पति, दायित्व तथा कारोबारको मुल्यांकन गरी दिएको मुल्यांकन प्रतिवेदनसमेतको आधारमा संयुक्त मर्जर समितिले १:१ शेयर आदान प्रदान अनुपात निर्धारण भएको कम्पनीले जनाएको छ । दुवै कम्पनीको संचालक समितिले १:१ को स्वापलाई स्वीकृत गर्ने निर्णय गरेको छ।

अब दुवै कम्पनीले आ-आफ्नो साधारणसभाबाट मर्जर सम्बन्धि प्रस्ताव पारित गराएर अन्तिम स्वीकृतिको लागि राष्ट्र बैंकमा पेश गर्नु पर्ने छ। जस अनुसार दुवै कम्पनीले माघ १४ गते साधारणसभा बोलाएका छन्।

यी दुई संस्थाबीच मर्जरको लागि गत साउन ४ गते प्रारम्भिक सम्झौता भएको थियो। राष्ट्र बैंकले असोज २७ गते दुई संस्थालाई मर्जरमा जान सैद्धान्तिक सहमति प्रदान गरेको थियो।

प्रारम्भिक सम्झौता अनुसार मर्जरपछि बन्ने कम्पनीको नाम पोखरा फाइनान्स नै रहने छ । मर्जर पछि केन्द्रीय कार्यालय पोखरा मै रहने छ भने कर्पोरेट कार्यालय काठमाडौँमा रहने छ। हाल समृद्धि फाइनान्सका अध्यक्ष मर्जर पछि बन्ने कम्पनीको अध्यक्ष रहने छन् । एकिकृत कारोबार गर्दा सम्म दुई कम्पनीका सीइओ मध्ये जसले मर्जर प्रक्रियामा बढी योगदान गर्छन् त्यहि सीइओलाई नै मर्जरपछि सीइओ बनाईने बताईएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij