२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

पोखराका तीन मुख्य ठाउँमा छठ पर्व मनाइने

पोखराका तीन मुख्य ठाउँमा छठ पर्व मनाइने

दीपक घिमिरे,काठमाण्डू l  पोखराका तीन मुख्य ठाउँमा छठ पर्व मनाइने भएको छ । पोखराको फेवातालको किनार केदारेश्वर मन्दिर, नदीपुरको नारायणस्थान मन्दिर र कालीखोलाको संगमस्थलमा भव्यताका साथ छठ पर्व मनाउन लागिएको हो ।

केही वर्षदेखि विभिन्न व्यापार व्यवसायका लागि पोखरा आएका तराई मूलका नागरिकहरुले छठ पर्व पोखरामै मनाउन थालेका छन् भने पहाडीया मानिसले पनि छठ पर्व मनाउन लागेको देखिन्छ ।

चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन मंगलबार अरवा–अरवाइन, दोस्रो दिन आज खरना, तेस्रो दिन भोलि बेलुका अस्ताउन लागेको सूर्य र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजा गरी छठ पर्व सम्पन्न हुने परम्परा छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij