
जर्ज सामुअल क्लासनबाट लिखित ‘बेबिलोनको सबैभन्दा धनी मानिस’ नामक पुस्तकमा बताइएअनुसारका धन वृद्धिका नियमहरुको सारांश
– आम्दानीको निश्चित हिस्सा –कम्तीमा १० प्रतिशत रकम आफूलाई प्राप्ति हुने बित्तिकै अलग्गै राख्ने बानी विकास गर्नुपर्छ
– हरेक पटक खर्च गर्नु भन्दा पहिले राम्रोसँग विचार गर्नुपर्छ कि त्यो मेरो आवश्यकता हो वा होइन । यसको लागि पहिले नै व्यक्तिगत र पारिवारिक बजेट निर्माण गर्न सकिन्छ । जसले आफ्नो आम्दानी, बचत (लगानी) र खर्च बीच तालमेल मिलाउन सहयोग पुर्याओस् ।
– बजारमा किन्नुपर्ने सामान वा खर्चका स्रोतबारे एक हप्ता पहिले नै योजना बनाउँ । त्यो सम्भव नभए कम्तीमा घरबाट निस्कँदा कापीको पानामा सामानहरुको सूची तयार गरेर मात्र बजार जाउँ । जसले बजारमा कुनै सामान देखेर तत्काल भावनामा बगेर किन्नबाट हामीलाई रोक्नेछ ।
– सीमित आम्दानी÷बजेटलाई हाम्रा असीमित आवश्यकताहरु परिपुर्तिको सल्लाहकार बनाउन सिक्नु निकै महत्वपूर्ण हुन्छ ।
– बुँदा नम्बर १ अनुसार अलग गरिएको रकम अलि बढी सङ्कलन भएपछि शुरुवाती चरणमा आफूलाई राम्रो ज्ञान भएको कुनै क्षेत्रमा लगानी गर्नुपर्छ । चाहे प्रतिफल थोरै नै किन नहोस्, कम्तीमा पुँजीको सुरक्षा भने अवश्य हुन सकोस् ।
– लगानी गर्दा कम्तीमा आफ्नो मूलधन सुरक्षित रहन सकोस् भन्नेमा बढी नै सावधानी हाऔं ।
– लगानीबाट पहिलो चरणमा प्राप्त व्याजलाई तत्काल खर्च नगरौँ । लगातार ४–५ बर्ष सम्म प्राप्त ब्याजलाई कत्ति खर्च नगरी पुनः पुँजीकरण गरिरहँदा हामीले आफैं थाहा पाउनेछौँ कि चक्रीय नियममा कति ठूलो शक्ति हुँदो रहेछ ।
– पैसामा समय अनुसार वृद्धि हुँदै जाने चक्रीय नियमलाई नियम ७२ समेत भन्ने गरिन्छ । जसको अर्थ १ प्रतिशतको ब्याजदरमा भएको पैसा चक्रीय नियमअनुसार डबल हुन ७२ बर्ष लाग्छ भन्ने हो ।
– बढी प्रतिफल प्राप्ति गर्ने आशामा आफू अनविज्ञ रहेको क्षेत्रमा लगानी गर्दा रकम डुब्न सक्ने डर हुन्छ । लोभ (बढी प्राप्तिको आशा) र डर (जोखिमको खतरा) दुवै लगानी अर्थात पुँजी वृद्धिका सत्रुहरु मानिन्छन् ।
– लगानी रकम वृद्धि हुँदै जाँदा लगानीका क्षेत्रहरुलाई पनि बढाउँदै (लगानी विविधिकरण गर्दै) लैजानुपर्छ ।
– पैसा भएको ठाउँमा थुप्रै प्रलोभनहरु आउने गर्दछन्, ती प्रलोभनहरुबाट बच्न सक्नुपर्छ ।
– केही समयको लागि सापटी वा ऋण भनेर लगेको रकम फिर्ता ल्याउन निकै मुस्किल पर्छ । यसकारण सामुन्नेको व्यक्तिसँगको नातासम्बन्ध के हो ? ऊ कत्तिको भावुक बनेको छ ? कति समस्यामा छ ? भन्ने कुराबाट प्रभावित भएर ऋण लगानी नगरौँ ।
– शरुमा पैसा माग्न आउने सम्बन्धित व्यक्ति के कामको योजना बनाएर पैसा माग्न आएको छ ? काम गर्न चाहेको क्षेत्रमा उसको योग्यता र अनुभव छ वा छैन ? ऋण तिर्न सक्ने सामथ्र्य र सामाजिक प्रतिष्ठा कस्तो छ ? भन्ने कुरामा पनि विशेष विचार गरौं ।
– आफ्नो आम्दानी नबढाई बचत र लगानी बढाउन सकिँदैन । यसकारण आम्दानी वृद्धि तर्फ संलग्न होउँ । यसको लागि आफ्नो क्षमता अभिवृद्धिमा विशेष जोड दिउँ । आवश्यक परे कार्यक्षेत्र समेत बदल्न सकिन्छ ।
– आम्दानी रकम बढेसँगै बचत दरलाई पनि वृद्धि गर्दै लैजानुपर्छ । शुरुमा १० प्रतिशतले बचत गरिएको रकम बिस्तारै बढाउँदै २०, २५ वा ३० प्रतिशत सम्म पु¥याउन सके हाम्रो सम्पत्ति छिट्टै गुणात्मक रुपमा वृद्धि हुँदै जानेछ । यही नियमकै कारण मानिसहरु साधारण स्थितिबाट अरबौंको मालिक बन्न सकेका हुन् ।
– पैसा लगानी गर्दा सम्भव भएसम्म साधारण तमसुक मात्र नबनाई रकम फिर्ता नआउँदा धितो वा सम्पत्ति बिक्री गरेर रकम असुल गर्न सक्ने गरी आफूलाई सुरक्षित बनाउने प्रयत्न गरौँ ।
– भाग्यमा निर्भर नरहौँ । भाग्यको मात्र भर परेर हात बाँधेर बस्ने व्यक्तिले कुनै प्रतिफल पाउन सक्दैन । भाग्य त कर्ममा निर्भर रहन्छ भन्ने बुझौं ।
– अनेक बाधाअवरोध र चोटहरु सहेर सिकेको अनुभव एवं अवसरलाई समयमा पहिचान गरी लिएको शिघ्र निर्णयमा नै हाम्रो सफलता निर्भर गर्दछ । यसकारण राम्रो अवसर आएको बेला तत्काल सही निर्णय लिन सक्नुपर्छ । यस्ता अवसरहरु सदैव आउँदैनन् ।
र यो पनि………………….
हामीले लगानी बढाउँदै जाँदा अवश्य पनि आर्थिक सफलता प्राप्ति गर्न सक्छौं । वित्तीय तथा समय स्वतन्त्रताको लागि यो भन्दा राम्रो कुनै उपाय छैन । हामीलाई आफ्नो आर्थिक क्षमता वृद्धिको लागि आफ्नो सीप र क्षमता विकास पनि निकै महत्वपूर्ण हुने गर्छ । यसकारण हरेक दिन केही समय आफूमा कुनै न कुनै सीप विकासको लागि लगानी गर्ने प्रयत्न गरौं ।