दीपक घिमिरे,नुवाकोट l आगामी १० मंसिरमा हुने पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि ८०२ उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ ३२० र प्रदेश सभाका लागि ४८२ ले उम्मेदवारी दिएका छन् । पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ मतदाताले मताधिकारको प्रयोग गर्नेछन् । पहिलो चरणको निर्वाचनमा ३२ जिल्लाबाट प्रतिनिधिसभाका ३७ र प्रदेश सभा ७४ गरी १११ सिटका लागि प्रतिस्पर्धा हुँदै छ । निर्वाचन आयोगले आइतबार शान्तिपूर्ण रूपमा उम्मेदवारी मनोनयन दर्ता भएको जनाएको छ l
प्रतिनिधीसभा नुवाकोटको दुई ओटा निर्वाचन क्षेत्रका लागि २३ जना र प्रदेश सभाको ४ ओटा सिटका लागि ३३ जनाले गरि कुल ५६ जनाले आइतबार उम्मेदवार मनोनयन गराएका छन् ।जिल्लामा विगत देखि नै काग्रेसले वर्चश्व कायम गदै आएपनि यसपटक एमाले माओवादीले तालमेल गरेर वामगठवन्धन निर्माण गरेका कारण निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । पूर्व अर्थमन्त्री डा रामशरण महतसँग यसपटक पनि विगतमा झै कडा टक्कर दिदै आएका माओवादी सचिवालय सदस्य हितवहादुर तामाङ चुनावी प्रतिस्पर्धा गदैछन् । उनले विगतमा महतलाई जित निकाल्न निक्कै हम्मे हम्मे पारेका थिए ।
उता पूर्वमन्त्री समेत रहेका अर्जुन नरसिंह् केसीलाई नुवाकोट क्षेत्र नम्वर २ मा एमालेका जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडाले चुनौति दिदैछन् । खतिवडालाई माओवादीको समर्थन छ ।
यस्ता छन् नुवाकोटका उम्मेदवारहरु
संघीय संसद (प्रतिनिधीसभा)
क्षेत्र नम्वर १
माओवादी : हितवहादुर तामाङ
काग्रेस : रामशरण महत
नयाँ शक्ति : सन्तवहादुर तामाङ
राप्रपा राष्टवादी : विमल थापा
राष्टिय जनमोर्चा : कर्णवहादुर तामाङ
नेकपा मालेः जयागार तामाङ
मंगोल नेसनल अर्गनाईजेसन : प्रदीप तामाङ
नेपाल जनलोकतान्त्रिक पार्टी : कृष्णप्रसाद लामिछाने
राप्रपा प्रजातान्त्रिक : नरेन्द्रप्रसाद फूयाँल
स्वतन्त्र : रवि गुरुङ, एलिसा थापा, कृष्णवहादुर तामाङ
क्षेत्र नम्वर २
एमाले : नारायणप्रसाद खतिवडा
काग्रेस : अर्जुननरसिंह केसी
नयाँ शक्ति : धर्मवहादुर गुरुङ
राप्रपा राष्टवादी : राज्यलक्ष्मी श्रेष्ठ
संघीय समाजवादी फोरम : सीताराम तिमील्सना
विवेकशील साझा पार्टी : पुरुषोत्तम अधिकारी
नेकपा माले : डिलवहादुर पुडासैनी
देशभक्त जनगणतान्त्रिक मोर्चा : लक्ष्मी मुडभरी चौलागाई
मंगोल नेसनल अर्गनाईजेसन : चन्द्र तामाङ
नेपाल जनलोकतान्त्रिक पाटी : नारायण पौडेल
राप्रपा प्रजातान्त्रिक : मधुसुदन रिजाल
प्रदेश सभा (क्षेत्र नम्वर १ क)
माओवादी : राधिका तामाङ
काग्रेस : महेन्द्र थिङ
नयाँ शक्ति : ग्युर्मी शेर्पा
राप्रपा राष्टवादी : रामु तामाङ
विवेकशील साझा पार्टी : विमल तामाङ
राप्रपा प्रजातान्त्रिक : दामोदर थापा क्षेत्री
स्वतन्त्र : सुनिता थोकर
क्षेत्र नम्वर १ ख
एमाले : वद्री मैनाली
काग्रेस : रमेश महत
नयाँ शक्ति : इश्वरकुमार राउत
राप्रपा राष्टवादी : पुरेन्द्रप्रसाद ढकाल
विवेकशील साझा पार्टी : कृष्णप्रसाद अधिकारी
देशभक्त जनगणतान्त्रिक मोर्चा : राजन लामिछाने
मंगोल नेसनल अर्गनाईजेसन : कृष्ण तामाङ
राप्रपा प्रजातान्त्रिक : दिपकुमार राई
स्वतन्त्र : ज्ञानवहादुर तामाङ
क्षेत्र नम्वर २ क
एमाले : केशव पाण्डे
काग्रेस : जगदिशनरसिंह केसी
नयाँ शक्ति : केशवप्रसाद पुडासैनी
राप्रपा राष्टवादी : दीपेश लामा
विवेकशील साझा पार्टी : दामोदर नेपाल
देशभक्त जनगणतान्त्रिक मोर्चा : अर्जुनलाल श्रेष्ठ
राप्रपा प्रजातान्त्रिक : शिवप्रसाद अधिकारी
स्वतन्त्र : वद्रीप्रसाद त्रिपाठी
क्षेत्र नम्वर २ ख
माओवादी : हिरानाथ खतिवडा
काग्रेस : जगतवहादुर तामाङ
नयाँ शक्ति : भीमलाल तामाङ
राप्रपा राष्टवादी : यादवराज उपाध्याय सिलवाल
विवेकशील साझा पार्टी : कमान लामा
देशभक्त जनगणतान्त्रिक मोर्चा : रवि अधिकारी
राप्रपा प्रजातान्त्रिक : हरिप्रसाद रिजाल
स्वतन्त्र : रिता ओझा, कृष्णप्रसाद खड्का
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij