२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

पशुपती अन्नपुर्णा आश्रमको साधारणसभाबाट केबि सम्राट अध्यक्षमा सर्वसम्मत

पशुपती अन्नपुर्णा आश्रमको साधारणसभाबाट केबि सम्राट अध्यक्षमा सर्वसम्मत

काठमाडाैं । पशुपती अन्नपुर्णा आश्रमको साधारणसभाले केवी सम्राटलाइ सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेकाे छ ।
साधारणसभा कावा अध्यक्ष लब प्रसाद त्रिपाठीको अध्यक्ष तथा कल्की आश्रम मौन बाबाको प्रमुख आतिथ्यमा  सम्पन्न भएकाे हाे ।
सभामा संस्थाका प्रमुख संरक्षक राष्ट्रिय समाजसेवी प्रा.डा जगदिश वैद्यलाई पशुपती अन्नपुर्णा आश्रमलाई यहाँ सम्म ल्याई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकमा व्यापक रुपमा परिचित गराएकोमा हार्दिक बधाई तथा धन्यवाद प्रकट गरिएकाे छ ।
कार्यक्रम सन्चालन गर्दै आश्रमका मनोनित उपाध्यक्ष केबि सम्राटले उपस्थित सबै तहतप्काका सदस्यहरुलाई स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा लेखा प्रतिवेदन साधारण सभा संयाेजक गुणराज दाहालले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन कावा अध्यक्ष प्रतिवेदन तथा वार्षिक भावी योजना तथा विधान संशाेधन लगायत कावा अध्यक्ष एवं साधारण सभाध्यक्ष प्राडा लब प्रसाद त्रिपाठिले वाचन गरि सबैलाई सुनाउनु भएको थियो ।
सबै प्रतिवेदन साधारणसभाबाट पारित भएका छन् ।
यससँगै केन्द्रिय कार्यसमिति भङ्ग भइ नयाँ केन्द्रिय कार्यसमिति चयन भएकाे छ । नयाँ केन्द्रिय कार्यसमितिकाे अध्यक्षमा के बि सम्राट, उपाध्यक्षमा सुमन मल्ल, महासचिवमा गुणराज दाहाल, कोषाध्यक्षमा राजेन्द्रमान डङ्गोल र सचिवमा अन्जना चाकुवजि शाह सर्वसम्मत निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा प्राडा ई. पदमलाल महर्जन, प्राडा कमला महर्जन, मुक्ती श्रेष्ठ, माता भद्रकाली, करुणा मैनाली र सावित्री श्रेष्ठ निर्वाचित भएका छन् ।
एक सदस्यीय निर्वाचन समितिका निर्वाचन अधिकृत अधिवक्ता भुवन थापाले निर्वाचन गरि निर्विरोध निर्वाचित पदाधिकारीको नतिजा सार्वजनिक गर्नुभएको थियो ।
सभामा प्रमुख संरक्षक, संरक्षक, प्रमुख सल्लाहकार, सल्लाहकारको मनोनित हुने विधान संशोधन गरिएको थियो भने संरक्षक प्राडा लब प्रसाद त्रिपाठिलाई निर्वाचन अधिकृत अधिवक्ता भुवन थापाले सपथ गराउनु भएको थियो ।
यस्तै निर्वाचित अध्यक्ष के बि सम्राटलाई संरक्षक प्राडा लब प्रसाद त्रिपाठिले सपथ गराउनुभएको थियो भने अध्यक्ष केबि सम्राटले निर्वाचित अरु पदाधिकारीहरुलाई सपथ गराउनु भएको थियो ।
शुभकामना मन्तब्यको क्रममा स्वतन्त्र पत्रकार संघ नेपालका भक्तपुर शाखा अध्यक्ष डा. इन्दुल केसिले कार्यकाल सकिएकाे कार्यसमितिलाई धन्यवाद दिँदै नयाँ समितिका सबै पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो भने कार्यक्रम अति नै सभ्य र भब्य रुपमा सफल भएकोमा खुशी व्यक्त गर्नुभयो ।
मन्तब्यको क्रममा पुर्व महासचिव प्राडा इन्दिरा जोशीले नयाँ कार्यसमितिलाई सफल कार्यसफलताको शुभकामना दिँदै प्रमुख संरक्षक राष्ट्रिय समाजसेवी प्राडा जगदिश वैद्य लगायतका निवर्तमान समितिलाई हार्दिक धन्यवाद दिनुभयो ।
शुभकामना मन्तब्यको क्रममा आश्रमका धार्मिक समितिका संरक्षक प्राध्यापक निलकण्ठ अमात्यले सहप्राध्यापक केबि सम्राटको अध्यक्षतामा बनेको नयाँ समितिलाई हार्दिक बधाई तथा शुभकामना दिँदै आश्रमलाई आवश्यक सहयोग गर्न कहिल्यै पछि नहट्ने बताउनुभयो ।
यस्तै आश्रमका कर्णाली प्रदेश प्रमुख हिराचन्द्र बरालले विभिन्न सन्जालमा प्रसारण भएका समाचार अनुसारको लेखापरीक्षण नहुँदाको प्रश्न गर्नुभएको थियो भने बाग्मती प्रदेश प्रमुख डा. मन्जुश्री प्रधानले कावा अध्यक्षज्युले आमन्त्रण नगरेकोमा खेद प्रकट गर्नुभएको थियो ।
आश्रमका युवासमिति प्रमुखले आश्रममा के पाउँछु भनेर होइन के दिनुपर्छ भनेर आउनु आध्यात्मिक चिन्तनशिल हुनु हो भन्दै पद र आशा लिएर संस्थामा आउनु र केही नपाए गुनासो गर्नु आफ्नोपन भएको जिकिर गर्नुभयो ।
निवर्तमान केन्द्रिय सदस्य सरला खड्काले कावा अध्यक्षलाई धन्यवाद दिनुपर्नेमा नदिएकोमा दुख व्यक्त गर्दै निर्वाचित समितिलाई सहयोग गर्ने भावनाकासाथ हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
यस्तै आश्रमका महाप्रबन्धक उपेन्द्र खड्काले कावाअध्यक्षलाई आफू लगायतका कर्मचारिहरुलाई धन्यवाद नदिँदा दुख लागेको बताउँदै नयाँ समितिका साथ होस्टेमा हैंसे गर्नेछु भनी प्रतिवद्दता ब्यक्त गरि शुभकामना दिनुभयो ।
सभाका प्रमुख अतिथि कल्की आश्रम मौन बाबाले लेखेर निवर्तमान समितिलाई धन्यवाद दिँदै निर्वाचित समितिलाई हार्दिक बधाई तथा सफल कार्यकाल्को शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा सभाध्यक्ष निवर्तमान कावा अध्यक्ष प्राडा लब प्रसाद त्रिपाठिले सोधिएका प्रश्नहरुको जवाफ दिँदै निर्वाचित सबै किसिमका पदाधिकारीहरुलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गरि उपस्थित सबैलाई चियापानको आग्रह गर्दै साधारणसभाको समापन गर्नुभएको थियो ।
सभाको अन्त्यमा उपस्थित सबैले फोटो सेसन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij