
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने स्वदेशी तथा विदेशी दर्शनार्थीलाई दुःख दिने फूल तथा पूजासामग्री पसल सञ्चालकलाई कारबाही गरिने जनाएको छ ।
बिहीवार सूचना जारी गर्दै पशुपतिनाथको दर्शनमार्ग वनकालीदेखि पोडेपाटीसम्म सञ्चालित फूल तथा पूजासामग्री पसलहरुमा ग्राहकहरुलाई अशिष्ट भाषा बोल्ने, हातमा जबरजस्ती पानी हालिदिने, पशुपतिनाथको मूल मन्दिर जान गलत मार्ग देखाउनेलगायत कार्य गरेको गुनासो आएपछि कोषले उक्त चेतावनी दिएको हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij