प्रा. डा. गोविन्द केसीले पर्सिदेखि आमरण अनसन बस्ने घोषणा गरेका छन् । अनसन स्थलरुका रुपमा जुम्ला सदरमुकामस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रोजेका छन् । 
चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर प्रतिस्थापन विधेयक ल्याउन खोजिएको भन्दै डा. केसीले पर्सि १५ गतेबाट अनसन बस्ने घोषणा गरेका हुन् । डा. केसीले निःशुल्क पीजीपछि सेवा अवधि आफूहरुसँग सहमति भएअनुसार २ वर्ष कायम गर्ने बाहेक अध्यादेशमा परिर्वतन नगरी प्रतिस्थापन वित्रेयक ल्याउन सरकार र राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।
उनले बुधबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘त्यसो नगरिएको खण्डमा असार १५ गतेदेखि सत्याग्रह लगायत संघर्षका कार्यक्रम सुरु गर्ने घोषणा गर्दछौं ।’
आफूसँग भएको सम्झौताअनुसार उपत्यका बाहिर प्रतिष्ठान वा सरकारी मेडिकल कलेज खोल्ने निर्णय भएपनि कार्यान्वयन झारो टार्ने खालका भएको उनले बताएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij