२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

पत्रिकाका फ्रन्टपेजः निर्वाचन रोक्न मुद्दैमुद्दा

पत्रिकाका फ्रन्टपेजः निर्वाचन रोक्न मुद्दैमुद्दा

काठमाडौं । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मिति नजिकिँदै गर्दा एकपछि अर्को मुद्दा अदालतमा परेको छ । यसले न्यायालय विवादमा मुछिने खतरा बढेको खबर आजका पत्रपत्रिकाले छापेका छन् । कांग्रेसको घोषणापत्रलाई प्राथमिकताका साथ पहिलो पृष्ठमा छापेका पत्रिकाहरुले यसका विविध पक्ष पनि केलाएका छन् ।

अन्नपूर्ण पोस्ट दैनिकका अनुसार, निर्वाचन रोकिनुपर्ने मागसहित दर्ता भएका पुराना मुद्दा थाती रहेकै अवस्थामा समानुपातिक निर्वाचनका लागि एउटै मतपत्र छाप्ने कार्य गैरकानुनी रहेको प्रश्न उठाउँदै बदर गर्न मागसहित सोमबार सर्वोच्च अदालतमा फेरि अर्को विषयले प्रवेश पाएको छ । समानुपातिकतर्फ भाग लिन आयोगमा दर्ता भएका दलको संख्याभन्दा बढी निर्वाचन चिहृन छापिएको प्रश्न उठाउँदै सोमबारै अर्को रिटसमेत परेको छ । समानुपातिकका लागि ४९ वटा दल दर्ता भए पनि कानुनविपरीत हुने गरी निर्वाचन चिहृन भने ८८ वटा छापिएकाले बदर गर्न माग गरिएको हो ।

यसैगरी राजपाका सर्वेन्द्रनाथ शुक्लले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा सोमबारै मुद्दा हालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij