नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सिता दाहालको उपचारका लागि बुधबार सिंगापुर जादैछन् । पत्नी सीता दाहालको फलोअप उपचारका लागि अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए ।
सुगर, प्रेसर, कलोजोको समस्याबाट पीडित सीतालाई सिंगापुरस्थित माउन्ट एलिजाबेथ अस्पतालमा उपचार गराइएको थियो । छोरा प्रकाशको असामयिक निधनपछि सीतामा स्वास्थ्य समस्याहरू बढेको पारिवारिक स्रोतको भनाइ छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij