ललितपुर । नेपाल क्लाइम्बिङ स्पोर्ट एशोसिएशन अन्तर्गत वाग्मती प्रदेश कमिटी तथा काठमाडौँ उपत्यका कमिटीको निर्वाचन ललितपुरमा सम्पन्न भएको छ ।
शनिबार सम्पन्न निर्वाचनबाट बागमती प्रदेश कमिटीको अध्यक्षमा कल्पना महर्जन निर्वाचित हुनुभयाे । त्यस्तै उपत्यका कमिटीमा रुपेश अधिकारी अध्यक्ष पदमा निर्वाचित हुनुभयाे । दुवै कमिटी ९/९ जना सदस्यहरू सहितकाे कमिटी निर्माण भएकाे छ ।
काठमाडौँ उपत्यका कमिटीमा उपाध्यक्षद्धय श्रीधर पौडेल र बुद्धि राम शर्मा निर्वाचित हुनुभयाे । भने सचिवमा सुवास सुवेदी, कोषाध्यक्षमा हरिभक्त महर्जन र सदस्यहरुमा शोभा सापकोटा थापा, विजय प्रसाद बस्याल, गंगा थापा मगर र अनुप सुवेदी निर्वाचित हुनुभएको छ ।
वाग्मती प्रदेश कमिटीको उपाध्यक्षद्धयमा रविन्द्र महर्जन र सुरज बस्नेत निर्वाचित हुनुभयाे । त्यस्तै सचिवमा नवीना गुरुङ, कोषाध्यक्षमा डोमा तामाङ र सदस्यहरुमा दावा टासी शेर्पा, चन्द्र कृष्ण चक्रधर र मनीष महर्जन निर्वाचित हुनुभयाे ।
कार्यक्रममा प्रमुख अतिथि वाग्मती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक लामा, विशेष अतिथि नेपाल क्लाइम्बिङ स्पोर्ट एशोसिएशनका अध्यक्ष रमेश पौडेल, बेसबल संघका अध्यक्ष दीपक न्यौपाने, स्केटिङ तथा आइस स्केटिङ संघका अध्यक्ष अच्युत खनाल, नेपाल आई टि एफ तेक्वान्डो महासंघको सचिव अन्जना शिवाकोटी, नेपाल क्लाइम्बिङ स्पोर्ट एशोसिएशनका महासचिव सन्तोष मादेन, सचिव सुजित कँडेल. कोषाध्यक्ष प्रनिल मान श्रेष्ठ सहित ४२ जनाको उपस्थिति थियो ।