
सफल युवा उद्यमी अमृत खड्काले यसपटकको निर्वाचनमा ललितपुरको क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभाको निर्वाचनका प्रत्यक्ष उम्मेदवार खड्का उद्यमशिलता जागरण, स्वदेशमै अवसरको खोजी, प्राकृतिक स्रोतमा आधारित स्थानीय उत्पादनबाट दिगो लाभ हासिल गर्ने योजनामा आफ्ना अपूरा सपना साकार पार्न आफ्नो उम्मेदवारी महत्वपूर्ण हुने दावी गर्छन् ।
खड्का राजनीतिक जीवनमा लामो समय देखि सक्रिय रहँदै आएका छन् । निर्यातजन्य उद्योग कल्पना क्राफ्टका सञ्चालक समेत रहेका खड्का फेल्टजन्य वस्तु उत्पादक तथा निर्यातक संघका पूर्वअध्यक्ष समेत हुन् ।
आफ्नो उद्योग मार्फत नियमित रुपमा करिब ६ सय युवाहरुलाई खड्काले रोजगारी उपलब्ध गराउँदै आएका छन् ।
आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियानलाई साकार पार्न नेपाली युवाहरुलाई नेपालमा नै सीप र प्रविधि सिकाएर यहीँ काममा लगाउनुपर्ने मान्यता राख्छन् उनी ।
आफूले राजनीति, अर्थतन्त्र, औद्योगिक व्यावसायिक वातावरण र जनताहरुको जीवनस्तर लगायतका सबैजसो आयामहरुलाई नजिकबाट बुझेको कारण सबैको हित हुने गरी काम गर्न आफू सक्षम हुने खड्काको दावी छ ।
खड्का हाल नेपाल निर्यात व्यवसायी महासंघका महासचिव रहनुको अलावा सकारात्मक विचारधाराबाट उत्प्रेरित व्यक्ति समेत हुन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij