२०४६ को आन्दोलन पश्चात् नेपाली काङ्ग्रेस धर्मस्थली गठन भएको र संस्थापकको रुपमा संस्थापकको रुपमा नेपाली काङ्ग्रेसको वैचारिक राजनीतिमा गाँसिएका व्यक्ति हुन् विष्णुभक्त तिमिल्सिना ।
वि.सं २०५४ र २०५७ मा गरी २ कार्यकाल नेपाली काङ्ग्रेस धर्मस्थलीका सचिव भएका तिमिल्सिना पार्टीका एक इमान्दार पात्र हुन् । उनी २०६७ मा नेपाली काङ्ग्रेस धर्मस्थलीको सभापति भए । साथै पार्टीको तर्फबाट सर्वदलीय प्रतिनिधि समेत भए ।

२०७१ को मंसिरमा तारकेश्वर नगरपालिका स्थापना भएसँगै उनी नगरपालिकाको सर्वदलीय प्रतिनिधि समेत बन्न सफल भए । पार्टीको १३ औं महाधिवेसनबाट हाल सम्म पार्टीको संगठन विभाग प्रमुख बन्न सफल विष्णुभक्त तिमिल्सिना काठमाडौं क्षेत्र नम्बर ६ (ख)बाट चुनावी मैदानमा रहँदा आफूले स्थानीयको विकासको निम्ति प्रयाप्त काम गरेको, स्थानीयहरु बीच परिचित र निरन्तर सङ्घर्षशिल रहेको कारण आफ्नो विजयी हुने आधारहरु रहेको दावी गर्छन् ।
जहिले पनि नेपाली जनताहरुको निम्ति नै काम गर्ने प्रण समेत गरेका तिमिल्सिना आफ्नो प्रतिकुल घरायसी वातावरण बीच पनि आफ्नो राजनीतिक गतिविधिलाई अघी बढाएका विष्णुभक्त तिमिल्सिना सङ्घर्षशिल व्यक्ति हुन् । नेपाली काङ्ग्रेसबाट हाल काठमाडौं क्षेत्र नम्बर ६ (ख)बाट प्रदेशसभाको चुनावी प्रतिष्पर्धामा रहेका विष्णुभक्त तिमिल्सिना २०३१ सालमा धर्मस्थलीमा जन्मेका हुन् । १ छोरा र २ छोरीका पिता रहेका तिमिल्सिनाकी श्रीमती गीता तिमिल्सिनाको भने लामो समय देखि मष्तिष्कघातको कारण स्वास्थ्य अवस्था नाजुक छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij