२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

नेपाली बजारमा डेन्टल इक्विपमेन्टका अग्रणी व्यक्तित्व उमेश अग्रवाल

नेपाली बजारमा डेन्टल इक्विपमेन्टका अग्रणी व्यक्तित्व उमेश अग्रवाल

 

काठमाडौं । उमेश अग्रवाल नेपाली मेडिकल इक्विपमेन्ट क्षेत्रका अग्रणी व्यक्तित्व हुन् । गर्ज नेपाल प्रा.लि र बायोमेड इन्टरनेशनल प्रा.लि.का प्रबन्ध निर्देशक रहेका उनी नेपालमा अस्पताल एवं सर्जरी क्षेत्रमा आवश्यक पर्ने डेन्टल इक्विपमेन्टहरु आयात गर्ने काममा विगत ६ दशक देखि सक्रिय रहँदै आएका छन् । नेपालमा मेची देखि महाकाली सम्म नै आफ्ना उत्पादनहरु बिक्री वितरण गर्नमा उनी सफल छन् ।

अग्रवालले सञ्चालन गर्दै आएको एउटा कम्पनी गर्ज डेन्टल सन् १९९८ मा स्थापना भएको हो । यस कम्पनी अन्तरगत नेपालमा करिब १० हजार प्रोडक्टहरु भित्र्याउँदै आइएको छ ।  उमेश अग्रवालकै अर्को कम्पनी वायोमेड इन्टरनेशनल हो । जुन सन् १९६४ मा शुरुवात भएको कम्पनी हो । हाल यस कम्पनी ६ दशकको नजिक पुगिसकेको छ ।

रेडियोलोजी, युरोलोजी, हस्पिटल फर्निचर,, सिरिन्ज, न्युरो सर्जरी लगायतका महत्वपूर्ण सामाग्री नेपाली बजारमा इम्पोर्ट तथा डिष्ट्रिव्युसन कार्यमा यो कम्पनीले अग्रणी भूमिका खेल्दै आएको छ ।

अग्रवाल आफैंमा एक सफल योजनाकार समेत हुन् । नेपाली बजारमा अत्याधुनिक एवं सुविधासम्पन्न हस्पिटल इक्विपमेन्टहरु आयात गर्ने काममा अग्रवाल त्यतिबेला प्रवेश गरे, जुन बेला नेपालमा स्वास्थ्य सेवाको दायरा निकै साँघुरो थियो । त्यसैबेला देखि मुलुकको स्वास्थ्य क्षेत्रलाई नयाँ उचाईमा पुर्याउनुपर्ने प्रण सहित उनी यस क्षेत्रमा संलग्न भएका हुन् ।

सानै देखि नेपालमा स्वास्थ्य क्षेत्रमा समर्पित हुने भावनाबाट प्रेरित अग्रवाल साँच्चै आफ्नो नेपालको विकास अवस्थालाई माथि उठाउन र स्वास्थ्य सेवालाई सबैको पहुँचमा पुर्याउनको लागि यहाँको बजार सम्भावनालाई राम्रोसँग अनुमान गर्न सकेकै कारण अहिले उनी यो अवस्थामा आउन सफल छन् ।

दृढसंकल्पको जगमा टेकेर नै उनले यो सफलता हासिल गरेको कारण अग्रवालका शुभचिन्तकहरु बताउँछन् ।

केएमसी अस्पताल सिनामङ्गलले प्रदान गर्दै आएका सेवा बारे बुझ्न जाँदा साधारण कर्मचारी भन्दा पृथक स्वभावका एकजना व्यक्तिसँग भेट भयो । अभिशेषराज खनाल नाम बताउने उनी उक्त अस्पतालमा बिएमडी (बोन मिनरल डेन्सिडोमिटर) र सिभिसिटी शाखाका म्यानेजर रहेछन् । हरेक ४० बर्ष उमेर पूरा गरेका व्यक्तिहरुले अनिवार्य रुपमा बिएमडि जाँच गर्नैपर्ने उनले साथै दाँतको क्षेत्रमा सिभिसिटी पनि नियमित रुपमा जाँच गराइरहँदा राम्रो हुने उनले बताए । स्वास्थ्यमा लापरबाही गर्न नहुने र रोगले आक्रमण गर्नुभन्दा पहिले नै सचेत हुनु बुद्धिमानी हुने उनको धारणा छ ।


खनाल किस्ट अस्पतालमा समेत सिबिसिटी विभागका म्यानेजर रहेछन् । नेपालमा यी सामानहरु कसले भित्र्याउँदै आएको छ र बजार अवस्था कस्तो छ भन्ने बारेमा जानकारी लिँदा खनालले उमेश अग्रवालको नाम लिए । साथै बजार राम्रोसँग बिस्तार भइरहेको समेत उनले बताए ।
उमेश अग्रवालको बारेमा बुझ्दै जाँदा उनी एक बहुआयामिक प्रतिभाशाली व्यक्ति रहेको समेत थाहा भयो । अग्रवालले केएमसी अस्पतालसँग मिलेर बिएमडी र र सिबिसिटी (डेन्टल केयर) सेवा भर्खर मात्रै सञ्चालनमा ल्याएका रहेछन् भने किस्ट अस्पतालमा समेत सिबिसिटी सेवा सञ्चालनमा ल्याएका छन् ।

आगामी दिनमा अन्य अस्पतालमा समेत उक्त सेवा बिस्तार गर्दै लैजाने योजनामा छन् अग्रवाल ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij