२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

नेपालमा पर्यटन क्षेत्रलाई व्यवस्थित गर्न स्पष्ट मापदण्ड आवश्यक छ

नेपालमा पर्यटन क्षेत्रलाई व्यवस्थित गर्न स्पष्ट मापदण्ड आवश्यक छ

सफल पर्यटन व्यवसायी सुक बहादुर लामा काभ्रेमा जन्मिएर विद्यालय तहको अध्ययन गाऊँकै विद्यालयबाट हासिल गरे पश्चात् उच्च शिक्षा अध्ययनको लागि काठमाडौं प्रवेश गरेका हुन् । पर्यटन क्षेत्रमा लामो समय देखि संलग्न रहने क्रममा उनले विभिन्न आरोहअवरोह भोग्दै उनी अहिलेको अवस्थामा आएका हुन् । पर्यटन क्षेत्रका थुप्रै तीतामिठा अनुभव समेटेका लामा यस क्षेत्रमा थुप्रै समस्याहरु अहिले पनि रहेका र यसलाई सुधार्दै जानुपर्ने बताउँछन् । पर्यटन क्षेत्रमा रहेर काम गर्ने क्रममा जीवनलाई नयाँ तवरले बुझ्न पाएका र स्वदेश तथा विदेशमा भ्रमणको अवसर पाएका उनी तुलनात्मक रुपमा विश्वका अन्य देशहरुको तुलनामा नेपालमा पर्यटन क्षेत्रको सम्भावना निकै राम्रो समेत बताउँछन् ।

पर्यटनमा आफ्नो सफलता बारे यसो भन्छन् लामा 
‘म अध्ययनको क्रममा काठमाडौंमा रहँदै गर्दा जीवन निर्वाहको क्रममा पथ प्रदर्शकको रुपमा ट्रेकिङ क्षेत्रमा प्रवेश गर्ने अवसर प्राप्त भयो । विभिन्न अनुभव समेट्दै म अहिलेको अवस्थामा आइपुगेको हुँ । अहिले म आफैंले ट्रेकिङ कम्पनी सञ्चालन गर्दै आएको छु । खासगरी पर्यटन व्यवसायमा सफलता प्राप्त गर्नको लागि सबैभन्दा महत्पपूर्ण त सम्बन्धित व्यक्ति आफु नै जागरुक हुनुपर्छ । पर्यटन क्षेत्र सम्भावनापूर्ण मात्र नभई जोखिमपूर्ण समेत छ । यसकारण यस क्षेत्रमा सफल हुनको निम्ति यस क्षेत्रको राम्रो ज्ञान, समय र परिस्थितिलाई चिन्न सक्ने क्षमता, इमान्दारिता र आफूले उपलब्ध गराउने सेवामा प्रतिवद्धता लगायत आधारभूत कुरामा विशेष ध्यान दिनुपर्छ ।’

लामाले सन् २०११ देखि ट्रेकिङ कम्पनी संचालन गर्दै आएका हुन् । यसै क्षेत्रमा रहेर काम गर्ने क्रममा विभिन्न अन्तर्राष्ट्रिय मुलुकहरुको भ्रमण गर्ने र नयाँ कुराहरु सिक्ने अवसर पाएका लामा पछिल्लो समय नेपालमा पर्यटन व्यवसाय निकै प्रतिष्पर्धात्मक समेत बनिरहेको अहिलेको अवस्थामा यस क्षेत्रमा टिकिरहनको लागि फरक योजनाको साथ आउनुपर्ने बताउँछन् ।

 

पर्यटनमा राम्रो सम्भावना भएको देश हो नेपाल 
नेपालमा पर्यटन क्षेत्रको सम्भावना निकै राम्रो छ । यसै क्षेत्रले नै मुलुकलाई छोटो अवधिमा आर्थिक रुपमा सम्पन्न बनाउन सक्छ । पर्यटन क्षेत्रमा राम्रो सम्भावना हुँदाहुँदै पनि यस क्षेत्रलाई राम्रो तवरले व्यवस्थित गर्न नसकिएको कारण यस क्षेत्रले जुन किसिमले राम्रो गति लिनुपर्ने थियो, त्यो लिन सकेको छैन । नेपालमा ठूला बहुराष्ट्रिय कम्पनीहरु सञ्चालन गर्न सकिने अवस्था नरहेको अहिलेको परिस्थितिमा पर्यटन क्षेत्रलाई नै मुलुकको भाग्य र भविष्य निर्माणको दह्रो आधारशिला बनाउन सकिन्छ । नेपाल अहिले सम्म उत्पादन क्षेत्रमा अघी आउन सकेको अवस्था पनि छैन । नेपालले प्रत्येक बर्ष २० अरबको फलफुल, २४ अरब ५० करोडको चामल, ६ अरबको तरकारी भित्र्याउँछ तर कृषिप्रति नेपाली युवाहरुलाई आकर्षित गर्ने राज्यको नीति नभएका कारण हाम्रो बाह्रै महिन हराभरा हुने भूमि छोडेर खाडी मुलुकहरुका मरुभुमीमा गएर हरियो पलाउने काम गर्न बाध्य छन् । भन्न खोजेको कुरा के हो भने नेपालमा असक्षम राजनीतिक नेतृत्व र धेरै जसो करमाचारी पटकै जनउत्तरदायी नभएका कर्मचारीतन्त्रका कारण हाम्रो मुलुकमा उपयुक्त वातवरण हुँदाहुँदै नेपाली युवाहरु दैनिक लगबग १७५० बैदेशिक रोजगारीमा जानु भनेको नेपालमा भन्द खाडी मुलुकहरुका विभिन्न मरुभुमीहरुमा राम्रो अवसर छ भन्ने बुझिन्छ । नेपालको नीति बनाउने र कार्यन्वयन गर्नेहरुले नेपाललाई मरुभुमी भन्दा मह मरुभुमी बनाएको रहेछ भन्ने प्रष्ट हुन्छ । अब कृषिलाई अर्गानिक तथा पर्यटनसंग जोडेर युवाहरुलाई आकर्षित गर्ने नीति राज्यले तत्काल बनाइनुपर्छ ।

साथै अहिलेकै अवस्थालाई हेर्दा पनि अधिकांश नेपालीहरुलाई स्वदेशमा रोजगारी सृजना गर्ने कार्यमा पर्यटनको महत्वपूर्ण भूमिका रहँदै आएको छ । नेपालीहरुलाई रोजगारी सृजनाको निम्ति पर्यटन र वैदेशिक रोजगारी अहिले मुख्य क्षेत्रहरु बनेका छन् । यद्यपि वैदेशिक रोजगार नेपालको दिगो वेरोजगार समस्या समाधान नभएको कारण नेपालमा नै वातावरणमैत्री समेत रहेको पर्यटन क्षेत्रलाई नै राज्यले विशेष प्राथमिकताको साथ अघी बढाउनुका साथै मुलुक आत्मार्निभर बनाउने योजना सहित अघि बढनु पर्ने आवश्यकता छ किनभने भारतसंग पाकिस्तान र चीन, अमेरिकासंग उत्तर कोरिया र भेन्जुयला बीच लगायतका विश्वामा संभावित विवादहरु च्र्किदै जँदा पर्यटन व्यवासायीमा नकारात्मक असरहरु परेको हामीसंग अनुभावहरु छन् त्यसैले कुनै बेला विश्वका शक्ति राष्ट्रहरु बीच लामो समय सम्म चरम विवाद भयो भने पर्यटन व्यवासायी धरापमा पर्न सक्छ त्यही बेला नेपालको अर्थतन्त्रलाई स्थीर राख्न जलविद्युत र कृषिलाई विकास गर्न आजैबाट राज्यले योजना सहित अघि बढनु पर्छ ।

समृद्धिको यात्रा पर्यटनबाट मात्रै 
कुनै पनि देशलाई दिगो र भरपर्दो तवरले समृद्धिको दिशामा अघी बढाउनको निम्ति त्यस देशका सम्भावना रहेका विशेष क्षेत्रहरुको पहिचान गरी सोही बमोजिम अघी बढ्नुपर्ने आवश्यकता रहन्छ । नेपालमा रहेका भौगोलिग, जातिय, भाषीक, सँस्कृतिक, वातवरण तथा जैविक विविधता पर्यटक आकर्षणको लागि महत्वपूर्ण र बलियो खम्बा हुन सक्छ । यी सबैलाई सन्तुलित रुपमा संरक्षण र प्रवर्दन गर्न सके मात्र नेपालमा पर्यटन बिकासबाट आर्थिक आधार तयार गर्न सकिन्छ । नेपालमा पर्यटन क्षेत्रको सम्भावना निकै राम्रो भएको अवस्थामा यस क्षेत्रलाई राज्यले विशेष प्राथमिकतामा राखी सोही बमोजिम कामहरु अघी बढाउनुपर्छ ।

पर्यटनमा लामाको अनुभव 
आज भन्दा झन्डै दुइ दशक पहिले यस क्षेत्रमा पद प्रदर्शकको रुपमा प्रवेश गरेका लामा हाल सम्म आई पुग्दा विभिन्न देशहरुका मानिसहरुसंगको उठबस, मुलुकको तत्कालिन राजनीतिक अवस्था आदीबाट यस क्षेत्रमा विभिन्न अनुभाव भोगेको बताउछन् । काम गर्दै जाने क्रममा विभिन्न खुटकिलो पार गर्दै अहिले लामा आफ्नै व्यवसायमा ब्यस्त छन् । उनको अनुभावमा कुनै समयमा यो व्यवसाय सञ्चालन गर्नेहरु आर्थिक रुपमा निकै सबल भए तर वर्तमान अवस्था त्यस्तो छैन । अस्वस्थ प्रतिस्पर्धका साथै सरकारले यस क्षेत्रमा गर्नुपर्ने कार्यहरु नगरेका कारण यो क्षेत्र त्यति सहज नभएको देखिन्छ , तर यस क्षेत्रमा रहेका समस्या पहिचन गरी सम्बन्धित निकायले नीतिगत र व्वहारिक पहल गर्न सके नेपालमा पर्यटन क्षेत्रका भविस्य उज्वल छ ।

पर्यटनमा कसरी आकर्षित भए लामा ?
काठमाडौं आउनुपुर्व ग्रामीण सरकारी स्कुलबाट अध्ययन गर्ने क्रममा नै लामाले पर्यटकहरुलाई आफ्नो क्षेत्रमा घुम्ने गरेको देख्थे । जसले गर्दा पर्यटन क्षेत्रमा नै रहेर काम गर्ने सम्बन्धमा लामा सानै देखि नै उत्प्रेरित भए । काठमाडौ रहँद धध्ययन कै क्रममा पर्यटन क्षेत्रमा रुची र यस क्षेत्रमा नै उज्वल भविष्य हुने कुराले लालायित बनाए पछि उनी यस क्षेत्रमा आकर्षित भए ।

पर्यटनलाई माथि उठाउन नीतिगत सुधार आवश्यक 
नेपालमा पर्यटन क्षेत्रका नीतिहरुमा सहजता ल्याउनुपर्ने आवश्यकता छ । पर्यटकलाई एयरपोर्टमा भिषा बितरण नीति झन्झटीलो र लामो समय लाग्ने भएको कारण पर्यटकहरु एयरपोर्टमा करिब ४ घण्टा सम्म कुर्नुपर्ने अवस्था छ । जुन पर्यटकहरुको दृष्टिकोणबाट हेर्ने हो भने यो समय करिब सय डलर बराबरको नोक्सानी हो । कतिपय मुलुकहरुले भिषा नै अनलाइन मार्पmत बितरण गरिन्छ भने हामीकाँ चँहि अध्यागमन बिभागबाट पर्मिट लिनको लागि प्रमाणित गर्नु पर्ने भनेर अनिवा¥य सक्कल पासपोर्ट गरेर समय र्खिर्चलो र झन्झटिलो बनाइएको छ । अहिले कतिपय देशहरुले अनलाइन मार्फत भिषा तथा अन्य अनुमति–पत्र दिने गरेका छन् । नेपालमा पनि यसरी नै अनलाईन भिषा लगायतका आधुनिक प्रविधिको उपयोगलाई जोड दिने हो भने सकरात्मक सन्देश गई नेपालमा पर्यटकहरुको आगमन निकै नै बढ्न जान्छ । साथै यसबाट नेपालमा ठूूलो परिमाणमा धनराशि समेत भित्रने गर्छ । जुन मुलुकको विकासको लागि निकै नै महत्वपूर्ण विषय हो । तर अहिले सम्म नेपालमा राज्यले यस तर्फ खासै ध्यान दिएको देखिदैन । प्रविधि प्रयोगमा सहज, कम खर्चिलो र राम्रो सन्देश प्रवाह गर्न सकिने लगायतको कारण अब प्रविधिलाई आत्मसात् गर्नेतर्फ समेत सजग बन्नुपर्छ ।

पर्यटन व्यवसायले मुलुकमा दिएको योगदान 
नेपालमा अहिलेको अवस्थामा पर्यटन क्षेत्रले मुलुकको विकासको लागि निकै नै सहयोग पु¥याएको छ । पर्यटन क्षेत्र मार्फत मुलुकले ठूलो धनराशि सङ्कलन गरिरहेको भएपनि त्यसको सही उपयोग हुन सकेको छैन । साथै उक्त रकम भौतिक पूर्वाधार निर्माण, क्षमता अभिवृद्धि, पर्यटन सम्भावनाको अन्तराष्ट्रिय बजारमा प्रचारप्रसार लगायतका काम परिणाम देखिने तथा प्रवाभकारी हुने गरी प्रयोगमा ल्याउनुपर्ने आवश्यकता छ ।
अहिले पनि नेपालमा गाइडहरुलाई पाठ्यक्रमको लागि अनुसन्धन गरि उपयुक्त पाठ्यक्रम तयार गरि तालिम दिन सकिएको छैन । समयक्रम अनुसार राज्यले जुन किसिमले अहिलेको आवश्यकता बमोजिमका दक्ष जनशक्ति लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने हो, त्यो हुन सकेको छैन । अहिलेका पर्यटक घुमफिरको क्रममा त्यस क्षेत्रका सबैजसो पक्षको बारे जान्न चाहन्छन्, त्यो बुझाउन सक्ने दक्ष जनशक्ति अहिलेको लाइसेन्सले दिन सकेको छैन । यसमा राज्यले विशेष विचार गर्नुपर्ने आवश्यकता छ ।

अबको आवश्यकता 
अब नेपालमा पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको आधारको रुपमा विकास गर्न नयाँ योजनाको साथ अघी बढ्नुपर्छ । जसरी पर्यटन नगरीको रुपमा अहिले ठमेल परिचित छ, त्यसरी मुलुकको अन्य प्रदेशहरुमा पनि पर्यटन नगरीको रुपमा पर्यटनमैत्री शहरहरु विकास गर्न आवश्यक छ । पछिल्लो समय मुलुकमा रहेको लोडसेडिङ अन्त्य गर्न कुलमान घिसिङको कुशल व्यवस्थापनले जसरी एकाएक कायापलट गर्न सक्यो, यस्तो कायापलट हरेक क्षेत्रमा आवश्यक छ । अब हामी दिगो योजनाको साथ काम अघी बढ्नु जरुरी छ ।

नेपाल प्राकृतिक रुपमै सुन्दर र विविधिकरणयुक्त मुलुक 
अहिले नेपाल मात्र पर्यटकीय मुलुकको रुपमा अन्तराष्ट्रिय बजारमा परिचित छैन । यद्यपि यहाँको प्राकृतिक सुन्दरता र विविधिकरणयुक्त दृष्यहरु नै पर्यटक आकर्षण केन्द्रको रुपमा रहेका छन् । थाइल्याण्डमा बार्षिक ३ करोड २६ लाख पर्यटकहरु घुम्न जाने गर्छन्, किन ? । थाइल्याण्डको मुख्य आकर्षणको केन्द्र भनेको समुन्द्री किनारा र त्यहाँको मान्छेको सत्कार हो । भुटानले यस्तो नीति बनाएको छ बार्षिक पर्यटक ७१ हजार मात्र छ तर नेपालले १२ लाख पर्यटक भित्र्याए पनि पर्यटकबाट आम्दानी चहिँ नेपालको भन्दा भुटनको धेरै छ । त्यहाँ आधरभुत आवश्यकताका लागि दैनिक २ सय ५० डलर तिर्न सक्ने पर्यटकले मात्र पर्यटकको रुपमा प्रवेश पाउन सक्ने व्यवस्था नीतिगत रुपमा नै छ भने टिबेटमा ट्रभल एजेन्सी मार्फत टुर बुक गरे पछि मात्र टिबेट प्रबेश अनुमति पाइन्छ । नेपालमा भने अन्य देशहरुको तुलनामा निकै नै राम्रो सम्भावना हुुँदाहुँदै पनि राज्यले पर्यटनमैत्री नीति बनाई लागु गर्न नसक्दा अहिले नेपालले पर्यटनबाट राम्रो फाइदा लिन सकिरहेको छैन ।

संघीय प्रदेशहरुमा स्पस्ट पर्यटन नीतिहरु आवश्यक छन् 
संघीय राज्य भन्दा स्थानिय तहलाई शक्तिशाली बनाइएको कारण स्थानिय तहले मनोमानी ढंङ्गले राजश्वा संकलन गर्न थाले पछि संघीय व्यवस्थाका कारण विभिन्न निकायका राजस्व संकलनमा बोजिलो र झन्झटिलो भएको आरोपहरु लगाई रहेका छन् । पछिल्लो समय स्पस्ट नीति नहुँदा स्थानिय तहले मनोमानी पर्यटन शुल्क संकलन गर्न थाले पछि सिंगो पर्यटन उद्योगमा नकरात्मक असरहरु देख्न थालेकोछ । साथै पर्यटन शुल्क उठाउने क्रममा यसको गुणस्तरीय पक्षलाई पनि विचार गर्नुपर्छ । तर अहिले यसो नभई बिना मापदण्ड पर्यटन क्षेत्रमा कम्पनीहरु सञ्चालन गर्न सकिने अवस्था भएको कारण यसले विभिन्न समस्या निम्तिएका छन् । नेपाल सरकारले तोकिएको संपुर्ण मापदण्ड पुरा गरी करको दयारा भित्र रहेका टे«किङ कम्पनीद्धरा मात्र टे«किङ परमीट अनलाइन मार्पmत वितरण गर्ने व्यवस्था गरिनु पर्छ ।

पर्यटकलाई सुरक्षित बनाउन यसो गर्नुपर्छ 
नेपालमा पछिल्लो ५ बर्षको अवधिमा ६३ जना पर्यटकहरु नेपालबाट हराएका छन् । यसरी हराएका सबै पर्यटकहरु राज्यले आफैं घुम्न स्वीकृति दिएकाहरु मात्रै छन् । कुनै आधिकारिक एजेन्सीको जिम्मेवारी बिना टे«किङमा पठाइएका यस्ता पर्यटकहरुलाई सुरक्षित बनाउन आगामी दिनमा अनिवार्य रुपमा गाइड वा सहयोगीको व्यवस्था हुनुपर्छ । नेपालका ट्रेकिङ्ग एजेन्सीहरु मार्फत घुमफिरमा गएका पर्यटकहरु सबै सुरक्षित पदयात्रा गरी नेपाल र नेपालीको विविधता भित्रको सुन्दरताको बयन लिदै फर्किने गरेका छन् । आगामी दिनमा यसलाई अझ व्यवस्थित गर्न विशेष तवरले सोचेर यसको लागि नीति बनाई कार्यन्वयन गरे विश्वमा नेपालको सकरात्मक सन्देश गई मुलुकाले नै फाइदा लिन सक्छ ।

युवाहरुको आकर्षण बढ्दो 
नेपालमा पर्यटनको क्षेत्रमा राम्रो सम्भावना छ । यसैकारणले पर्यटन क्षेत्रमा आकर्षित हुने युवाहरुको सङ्ख्या समेत निकै बढिरहेको छ । आगामी दिनमा यस क्षेत्रमा रहेर काम गर्न चाहनेहरुको लागि राम्रा नीतिहरु अबलम्बन गर्दै मुलुकको योगदानमा पर्यटन क्षेत्रलाई अघी बढाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij