काठमाण्डौ । विश्वका प्रेरणादायी १ सय महिलाको सूचीमा नेपालकी सपना रोका मगर पनि पर्न सफल भएकी छन् ।
अन्तर्राष्ट्रिय समाचार संस्था ब्रिटिस बोर्डकास्टिङ कर्पोरेशन (बीबीसी) ले हरेक वर्ष विश्वका प्रेरणादायक १ सय महिलाको सूची सार्वजनिक गर्ने गरेको छ ।
जीवन कठिन परिस्थितिमा हुँदाहुँदै पनि संघर्ष गरेर समाज परिवर्तनका लागि उदाहरणीय काम गरेका सय महिलाको सूची बीबीसीले सार्वजनिक गरेको हो।
सोमबार राति सार्वजनिक सूचीमा शव जलाउने प्राविधिक सपना पनि समेटिएकी हुन्।
यो सूचीमा फिनल्यान्डकी नेतृ सन्ना मारिन, अवतार तथा मार्भल फिल्मकी स्टार मिसेल योह र कोरोना भाइरसविरूद्ध खोप अनुसन्धान गर्ने अक्फोर्ड युनिभर्सिटीको टोलीमा रहेकी सरा गिल्बर्टलगायत छन्।
‘तर एउटा असाधारण वर्षमा विश्वका कैयौं महिलाले अरूको मद्दतका लागि बलिदानी दिएका छन्, तिनैको श्रद्धाञ्जलिस्वरूप सय महिलाको सूचीमा एउटा ठाउँ खालि छाडिएको छ,’ बीबीसीले भनेको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij