डा रामशरण महतलले नुवाकोटमा गरेका विगतका प्रयाश ः
नुवाकोटको विकासका केही मुख्य मुख्य कार्यक्रमहरु निर्वाचनको राजनीतिमा प्रवेश गरेपछि सांसद, मन्त्री लगायत विभिन्न ओहदामा रहेर नुवाकोट जिल्लाको विकास र आर्थिक रुपान्तरणका लागि विभिन्न कामहरू गर्नुभएकाे छ । ती कामहरुका बारेमा यहाँका जनता जानकार नै छन् । जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने छहरे–टोखा सडक, गल्छी–देवीघाट सडक, नुवाकोट हुँदै जाने मध्यपहाडी लोकमार्गको निर्माण, निर्माणाधीन गल्छी–रसुवागढी सडक, गँगटे–गोल्फुभन्ज्याङ्ग, लिखु–कविलास देखि बेतिनी–गोल्फुभन्ज्याङ्ग आदि सडकहरु छन् । यसकाे अतिरिक्त अन्य दर्जनौं सडकहरु बहुबर्षीय ठेक्का प्रणालीमा शुरुवात गरी सबै गाउँपालिका र वडाहरुमा पक्की सडकहरु निर्माणाधीन छन । लिखु, तादी र सहायक नदीहरुमा करिव दर्जनौं पक्की पुलहरुमध्ये अधिकांश निर्माण भइ सञ्चालनमा आइसकेका छन् र कतिपय निर्माणाधीन छन । त्यस्तै दर्जनौं झोलुङ्गे पुलहरु, ठूला तथा मध्यम सिंचाई आयोजनाहरु, सबै गाउँमा उज्यालो पुर्याउने विद्युतीकरण कार्यक्रम, डुवाचे जस्ता वृहद् आयोजना लगायत कैयौं खानेपानी आयोजना, झोर–छहरे टनेल मार्गको संभाब्यता अध्ययन जस्ता कार्यक्रमहरु उहाँको पहल र सक्रियतामा सञ्चालनमा छन । त्यसैगरी उहाँकै पहलमा भूकम्पबाट क्षतिग्रस्त विद्यालय, अस्पताल मन्दिर, गुम्बा एवं पुरातात्विक सम्पदा तथा धरोहर, सार्वजनिक भवनको पुनर्निर्माण र भूकम्पपीडितहरुलाई घर निर्माण अनुदान आदि कार्यक्रमहरु पनि सञ्चालनमा छन् ।