२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

निषेधाज्ञा उल्ङ्घन गरेकाे आराेपमा भाटभटेनीका म्यानेजर पक्राउ

निषेधाज्ञा उल्ङ्घन गरेकाे आराेपमा भाटभटेनीका म्यानेजर पक्राउ

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रण गर्न जारी गरिएको लकडाउनमा पनि पसल खालेको आराेपमा भाटभटेनीका म्यानेजर पक्राउ परेका छन् ।

निषेधाज्ञाको समयमा दिउँसो पसल खोलेको आरोपमा प्रहरीले कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोरका म्यानेजर सागर गुरुङलाई पक्राउ गरेको हो । उनलाई निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञाको समयमा बिहान ९ बजेसम्म मात्र डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष खोल्न पाइने व्यवस्था भए पनि दिउँसो खुला राखेकाले गुरुङ पक्राउ परेका हुन् ।

दिउँसो पनि खुला राखेको सूचना पाएपछि काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी नेतृत्वको टोली अनुगमनका लागि कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोर पुगेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij