२०८३ कार्तिक १८ मंगलबार

Nov 03 2026 Tuesday

  • २०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

निर्वाचनकाे ताजा परिणाम

निर्वाचनकाे ताजा परिणाम

यस पटककाे निर्वाचनकाे परिणाम वामपन्थीमय बनेकाे छ  । नेकपा (एमाले) र माअाेवादी केन्द्र जस्ता राज्यका दाेस्राे र तेस्राे राजनीतिक शक्तिहरू पार्टी एकीकरणकाे याेजना सहित चुनावमा हाेमिएकाे अहिलेकाे परिस्थितिमा वाम गठबन्धनकाे पक्षमा २ तिहार्इ पुग्ने परिस्थिति समेत देखिएकाे छ ।

अहिलेकाे अवस्था सम्म अार्इपुग्दा नेकपा (एमाले)ले ७२ ठाउँमा जित हात पारिसकेकाे छ भने ६ ठाउँमा अग्रता लिएकाे छ । नेकपा (माअाेवादी केन्द्र)ले ३० ठाउँमा जित हात पारेकाे छ भने ६ ठाउँमा अग्रता कायम राखेकाे छ । यी दुइ शक्तिकाे परिणाम जाेड्दा वामपन्थीकाे लागि १ सय २ स्थानमा जित हात पारिसकेकाे छ ।

प्रतिनिधि सभाकाे निम्ति भएकाे चुनावमा १ सय ६५ स्थानकाे निम्ति भएकाे निर्वाचनमा अहिले सम्मकाे परिणामलार्इ हेर्दा वामपन्थीकाे पक्षमा ७४ प्रतिशत मत अाफ्नाे पक्षमा ल्याइसकेकाे छ ।

नेपाली काङ्ग्रेस अहिलेकाे सरकारकाे प्रमुख दल र मुलुककाे पहिलाे शक्तिमा रहँदारहँदै पनि अहिले सम्म १६ क्षेत्रमा जित हासिल गरेकाे छ भने ५ ठाउँमा अग्रता कायम राखेकाे छ । जुन १२ प्रतिशत मात्र हाे ।

यसैगरी संघीय समाजवादी फाेरमले ८ ठाउँमा, राजपाले ७ ठाउँमा राष्ट्रिय जनमाेर्चा १ ठाउँमा, राप्रता १ ठाउँमा र नयाँ शक्तिले १ ठाउँमा जित हासिल गरेकाे छ । 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij