२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

निरन्तर खाद्यान्न सेवा उपलब्ध गराउँदै नेपाल शाकाहारी पार्टी

निरन्तर खाद्यान्न सेवा उपलब्ध गराउँदै नेपाल शाकाहारी पार्टी

नेपाल शाकाहारी पार्टी यतिबेला राहत वितरण र सहयोगमा जुटेको छ । विगत लामो समय देखि सक्रिय रुपमा सामाजिक गतिविधिमा संलग्न रहँदै आएको यस संस्थाले लकडाउन अवधिमा कोही पनि भोकले नमरुन् भन्ने मान्यता सहित आफ्ना गतिविधिहरुलाई निरन्तरता दिँदै आएको छ । यस संंस्थाले पशुपति क्षेत्रमा पनि भोजनको नियमित आयोजना गर्दै आएको छ भने काठमाडौं उपत्यकाका विभिन्न ठाऊँ दाल, चामल, नुन, तेल लगायतका खाद्यान्न सामाग्रीहरु आवश्यकता बमोजिम उपलब्ध गराउँदै आएको छ ।

यस संस्थाले अहिले आफूलाई विभिन्न सामाजिक कार्यमा आफूलाई संलग्न बनाउँदै आएको छ । नेपालभरका शाकाहारी व्यक्तिहरु संलग्न रहेको र सामाजिक अभियानमा संलग्न रहँदै आएको यो संस्थाले दैनिक ठूलो परिमाणमा खाद्यान्न सामाग्री साथै नगद समेत आवश्यकता बमोजिम उपलब्ध गराउँदै आएको छ ।

यस संस्थाले नेपाल पत्रकार महासंघ काठमाडौं शाखा, नेपाल स्वतन्त्र पत्रकार संघ, मेगा टेलिभिजन लगायतका संस्थाको सहकार्यमा खाद्यान्न लगायतका दैनिक उपभोग्य सामाग्री उपलब्ध गराउँदै आएको छ । नेपालमा सबैको पहुँचमा खाना सहज रुपमा उपलब्ध हुन सकोस् भन्ने नै यस संस्थाको मुख्य उद्देश्य हो ।

अहिले नेपालमा सञ्चालित नेपाल स्वतन्त्र पत्रकार संघ, हन्ड्रेस ग्रुप लगायत विभिन्न ११ ओटा संस्थाहरु र थुप्रै सहयोगी व्यक्तिहरुको सक्रियता एवं सहकार्यमा यस संस्थाले आफ्ना गतिविधिहरुलाई निरन्तर रुपमा सञ्चालन गर्दै आइरहेको छ ।

नेपालमा विगत १ बर्ष पहिले देखि निःशुल्क कपडा बैंक सञ्चालन गर्दै आएको यस संस्थाले नेपालमा लकडाउन शुरु भएको ७ दिन देखि खाद्य कार्यक्रमलाई निरन्तरता दिँदै आएको हो ।

लकडाउन अवधिमा मात्र नभई यस संस्थाले विगत ३–४ बर्ष देखि नै फुड बैंकको नाममा खाद्यान्न वितरण कार्य शुरु गरेको हो । मुख्यतः पशुपति क्षेत्रमा समय–समयमा खाद्यान्न वितरण कार्यमा संलग्न रहँदै आएको यस संस्थाले अहिले भने आफ्ना गतिविधिहरुलाई निरन्तर रुपमा नै सञ्चालन गर्दै आइरहेको छ । विगतमा यस संस्थाले विभिन्न अवसर पारेर सडक मानवको लागि काम गर्दै आइरहेको थियो ।

मुलुकको विषम परिस्थितिमा यसरी आफूहरुले निरन्तर रुपमा सेवा प्रवाह कार्यमा संलग्न हुन पाएकोमा आफूलाई खुसी महसुस भएको संस्थाका अध्यक्ष राधेश्याम खड्का बताउनुहुन्छ । यद्यपि खाद्यान्न वितरण कार्यमा संलग्न भइरहँदा कतिपय सक्षम व्यक्तिले समेत अन्य सक्षम व्यक्तिलाई नै सिफारिस समेत गर्दै आएको अवस्था निकै धेरै ठाउँमा भेट्नुपरेको छ । कतिपय व्यक्ति त आफैं सक्षम हुँदाहुँदै आफ्नै लागि समेत राहत लिने प्रयाश गर्नुहुन्छ । जुन आफूहरुको उद्देश्य भित्र नपर्ने खड्का बताउनुहुन्छ ।

लामो समय देखि सामाजिक कार्यमा खटिँदै आएको यस संस्थाको उद्धेश्य मुख्यतः विगत लामो समय देखि नै सडक बालबालिका मुक्त सडक बनाउनुपर्छ भन्ने मान्यता बमोजिम सेवामा खटिँदै आएको थियो । यद्यपि अहिले भने समय परिस्थिति अनुसार सामाजिक क्रियाकलापमा भित्रै देखि संलग्न हुन इच्छुक व्यक्ति र संस्थाको सहयोगमा यस कार्यक्रमले निरन्तरतता पाइरहेको छ । हाम्रो यस अभियानलाई निरन्तर रुपमा सञ्चालन गर्नको लागि आवश्यकता बमोजिम आर्थिक, भौतिक एवं स्थलगत रुपमा विभिन्न तवरले सहयोग र सहकार्य गर्ने भोलियन्टर साथीहरु एवं संघसंस्था र सहयोगी हातहरुलाई म हृदय देखि नै कृतज्ञता प्रकट गर्दछु ।

काठमाडौं उपत्यका सहित देशभर नै अहिले यस्ता सेवामूलक कार्यहरुमा अन्य संस्थाहरु पनि संलग्न रहँदै आएका छन् । जुन राम्रो कुरा हो । हामीले यस्तो अभियान शुरु गरेपश्चात् अन्य व्यक्तिहरुमा पनि समाजसेवा प्रति चासो जागृत हुनु राम्रो कुरा हो ।

आफूहरुको यो अभियान लकडाउनमा मात्र नभई निरन्तर रुपमा सञ्चालन रहिरहने समेत अध्यक्ष खड्का बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij