२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

नयाँ वर्षमा जिहोको नगद छुटदेखि थाइल्याण्ड भ्रमणसम्मको अफर

नयाँ वर्षमा जिहोको नगद छुटदेखि थाइल्याण्ड भ्रमणसम्मको अफर

 

काठमाडौं । नेपालमा सीएफ मोटो र जीहो ब्राण्डका इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्रेता ऋषि ट्रेड सेन्टरले नयाँ वर्ष २०८१ का लागि धमाकेदार अफर सार्वजनिक गरेको छ ।

आजदेखि आगामी वैशाख ३१ गतेसम्म जारी रहने अफरअन्तर्गत जिहो ब्राण्ड रोज्ने र खरिद गर्ने ग्राहकले स्क्र्याच कार्डमार्फत आठ हजार १०० रुपैयाँदेखि ८१ हजार रुपैयाँसम्म छुट पाउने छन् । यस्तै, निःशुल्क थर्ड पार्टी इन्स्योरेन्स तथा एक थान हेलमेट पनि पाउने कम्पनीले जनाएको छ ।

यसैगरी एक्सचेञ्ज गर्न आउने ग्राहकले भने सिधै १५ हजार रुपैयाँ थप मूल्याङ्कन पाउने छन् भने निःशुल्क थर्ड पार्टी इन्स्योरेन्स र एक थान हेलमेट पाउने छन् ।

अफर अन्तर्गतका सबै ग्राहकले कम्पनीको बम्पर अफरमा पनि समान हैसियतमा सहभागिता जनाउन पाउन सक्ने छन् । जसमा १ जना भाग्यशाली विजेताले कम्पनीको तर्फबाट ४ रात र पाँच दिनको थाइल्याण्ड भ्रमणको प्याकेज पाउन सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij