२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

नयाँ क्षेत्र निर्धारणपछि यसरी अघी बढ्ने भयो नुवाकोटको राजनिति…

नयाँ क्षेत्र निर्धारणपछि यसरी अघी बढ्ने भयो नुवाकोटको राजनिति…

काठमाडौँ । नयाँ क्षेत्र निर्धारणपछि अब नुवाकोटको राजनीतिक परिस्थिति, घटना र दाउपेच कस्तो रहला ? निर्बाचनको माहोल र परिणाम कतातिर मोडिन्छ त ? नुवाकोटका एकजना राजनितिक विश्लेषकसंग गरिएको कुराकानिमा आधारित सम्पादित अंश ।

निर्बाचन क्षेत्र निर्धारण आयोगले नुवाकोटमा उत्तर दक्षिण भुभागलाई काटेर जम्मा २ वटा प्रतिनिधि सभा र ४ वटा प्रदेश निर्बाचन क्षेत्र कायम गरेको छ । १ न. क्षेत्रमा सात वटा गाउपालिका र २ न. क्षेत्रमा दुई वटा नगरपालिका सहित तिन वटा गाउँपालिका रहेका छन ।

सम्भावित उमेदबार र परिस्थिति

नुवाकोटको क्षेत्र न.१ डा रामशरण महत तथा हितबहादुर तामाङले यस अघिका निर्बाचनमा अधिकांश भागमा सहभागिता जनाएका क्षेत्रहरु हुन । क्षेत्र न १ को शिबपुरी, लिखु र ककनि गाउँपालिका नया क्षेत्रको रुपमा देखा परेको छ ।

यसै क्षेत्रको भोटनै निर्णायक बन्ने स्थिति पनि देखापरेको छ । अबको प्रतिनिधि सभाको निर्बाचनमा यस क्षेत्रबाट राम शरण महत र हित बहादुर तामाङ काङ्ग्रेस र माओवादी केंद्रबाट तथा एमालेबाट लोहनी लड्ने संभावना बढेको छ ।

तर केन्द्रमा एमाले तेस्रो पोजिसनमा पुग्ने सम्भाबना बढेको छ । तर अरु दुबै उमेदबारलाई जित्नको लागी भने फलामको चिउरा चपाएको भन्दा कम पक्कै हुने छैन ।

कांग्रेसको गढको रुपमा रहेका गाउँपालिका सुर्यगढि, तादी तथा पन्चकन्या गाउँपालिका हो भने माओबादि केन्दको गढको रुपमा ककनि, दुप्चेस्वर र पन्चकन्या पनी गढकै रुपमा मान्य गरिन्छ । महत र तामाङ दुबैको लागि चुनौति र अबसर दुबै हुन सक्ने गाउँपालिका शिबपुरि र लिखु गाउपालिका हो । लिखुमा ब्राह्मण जातिको बाहुल्यता छ भने शिबपुरिमा तामाङ, गुरुगं को बाहुल्यता रहेको छ ।

तर यस क्षेत्रका जनताले डा महतलाई २०४८ सालकै चुनाबमा हराई सकेको क्षेत्र पनि हो त्यसकारण महतलाई आकासको फल आखा तरि मर भनेझै नहोला भन्न पटक्कै सकिदैन ।

६ पटक सम्म अर्थमन्त्रि भएका महतले छहरे टोखा, छहरे त्रिशुली तथा सुरुगं मार्गको लागि पुर्वाग्रहि भएर बजेट नपारेको आरोप पनि छ । यसको प्रत्यक्ष फाईदा हितबहादुरले लिन सक्छन । त्यस्तै क्षेत्र न. २ मा अर्जुन नरसिंह केसि, बिमला सुवेदी र महेन्द्र पाण्डेको संभाबना छ । त्यहा त्रिपक्षिय प्रतिस्पर्धा देखिन्छ ।

प्रदेश सभा र परिस्थिति

नुवाकोटमा ४ वटा प्रदेशसभा कायम गरिएको छ । प्रदेश सभामा कसले टिकट पाउलान भन्ने यकिनको साथ भन्ने स्थिति छैन । तरपनि अधिकांश ठाउँमा सबै पार्टीका उमेदबारले ठाउँ पाईसकेकाले टिकट बितरणमा केहि सहज भने पक्कै हुन सक्छ ।

प्रदेश सभा क्षेत्र न १ मा कांग्रेसबाट महेन्द्र थिंक मुख्य उमेदबार हुन सक्छन किनभने त्यहाका अधिकासं नेताले गाउँपालिकामा ठाउँ पाइसकेका छन । माओबादि केन्द्रबाट राधिका तामाङ र किरण रिजाल दाबेदारको रुपमा आएका छन भने एमालेबाट बद्रि मैनाली आउन सक्ने सम्भाबना छ । तर यस क्षेत्रमा माओबादि अगाडि रहेको बताइन्छ ।

प्रदेश सभा क्षेत्र नं २ मा माओबादि केन्द्रबाट राजन गौतमको संभाबना अत्यधिक बलियो देखिएको छ भने काग्रेस र एमालेमा बादबिवाद हुने देखिएको छ ।

काग्रेसबाट टिकटको मुख्य आकांक्षिमा रमेश महत र माधब खनाल हुन । साथै बैकुन्ठ मिश्र पनि आकाक्षि भयपनी उनले माधब खनाललाई सपोट गर्ने बुझिएको छ ।

रमेश महत मुख्य दाबेदार भयपनि एकैचोटि काका र भतिजा उठ्दा समाजमा नकारात्मक सन्देश जाने देखिन्छ । लिखु गाउँपालिकामा नै रमेश महतलाई जस्तापाता कान्ड लागेकाले पनि त्यहाका जनताबाट महत वहिस्कृत हुन सक्छन । उनको गाउँमा नै राम्रो छाप नछोडेका रमेश ईमानदार र बिबेक प्रयोग नगर्ने ब्यक्तिमा पर्ने स्थानीय बताउछन । रमेश जिल्ला सभापतिमा जगदिश्वर नरसिगं केसीसँग पराजित भएका उमेदबार पनि हुन ।

खनाल स्वच्छ तथा ईमानदार छबिका नेतामा गनिन्छन । भुभागले पनि साथ दिएका खनाललाई यदि पार्टिले इमानदारिपुर्बक टिकट दिएमा आफु सबैपार्टीको भोट लिन सक्ने दाबि गर्छन ।

त्यस क्षेत्रमा रमेश महत प्रतिस्पर्धामा आए पराजित गर्न सजीलो हुने माओबादि केन्द्रको बुझाई छ । त्यस्तै क्षेत्र नं २ को प्रदेश सभा निर्बाचन: क्षेत्र नं २ मा नेपालि काग्रेसबाट जगदिश्वर नरसिगं केसिको संभाबना छ भने एमालेबाट नारायण खतिवडा र माओबादि केन्द्रबाट हिरानाथ खतिवडाको संभाबना रहेको पाइन्छ । त्यस क्षेत्रमा एमाले र काङ्ग्रेस प्रतिस्पर्धामा आउन सक्ने बुझिन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij