२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

नबिल बैंकले ल्यायो वातावरण दिवसको अवसरमा ‘नबिल दिगो घर कर्जा’ योजना

नबिल बैंकले ल्यायो वातावरण दिवसको अवसरमा ‘नबिल दिगो घर कर्जा’ योजना

काठमाडौं। नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ । विश्व वातावरण दिवस जुन ५ तारिखको पूर्व सन्ध्यामा दिगो घर कर्जा योजनाको स्किम अघि ल्याएको छ ।

आइतबार केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमकाबिच नबिल बैंकको सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले उक्त कर्जा योजनाको अनावरण गरेर अघि बढाइएका छन् । उनले नबिल बैंकले दिगो बैंकिङको अवधारणामा काम गर्दै आएको र यस कर्जाले दिगो विकासमा सर्वसाधारणको पहुँच पुर्याउने बताए ।

उक्त समारोहमा बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले नबिल बैंकले दिगो बैंकिङ क्षेत्रमा गरेका विभिन्न कार्यहरूको बारेमामा जानकारी दिए । साथै बैकका वरिष्ठ नायब कार्यकारी अधिकृत सुजित कुमार शाक्यले नबिल दिगो घर कर्जा एउटा शुरुवाती प्रयास भए पनि यसले समाजमा पार्ने सकारात्मक असर तथा महत्वको बारेमा आफ्नो धारणा राख्य । उनले नबिलले ल्याएको यस कर्जाले सहुलियत दरमा कर्जा प्रवाह गरी यसले दिगो विकासमा टेवा पुर्याउने विश्वास गरेका छन् ।

कार्यक्रममा वैकल्पिक ऊर्जा प्रबर्द्दन केन्द्रका कार्यकारी निर्देशकन वराज दाहाल तथा स्मार्ट पानीका सहसंस्थापक सुमन शाक्यको उपस्थिती रहेको थियो । नबिल दिगो घर कर्जा वातावरण मैत्री तथा किफायती ऊर्जा सामाग्रीहरू प्रयोग गरी घरनिर्माण गर्न चाहने ग्राहकहरूलाई लक्षित गरिएको छ । यस स्किमले देशको आवास निर्माण क्षेत्र भित्र वातावरण मैत्री र सामाजिक रूपमा जिम्मेवार अभ्यासहरू प्रवर्द्धन गर्ने विश्वा सबैंकले लिएको छ । दिगो आवासमा लगानी गर्न चाहने ग्राहकहरूलाई सस्तो ब्याजदर र सेवा शुल्कमा कर्जा प्रवाह गरी यस योजनाले समाजमा वातावरण मैत्री अभ्यासहरू अपनाउन प्रोत्साहन गर्ने अपेक्षा राखिएको छ ।

वातावरण मैत्री तथा किफायती ऊर्जा सामाग्रीहरू प्रयोग गरेर घरनिर्माण गर्न चाहने ग्राहकहरूले यस योजना अन्तर्गत आवास कर्जा लिन सक्नेछन् । बैंकले सुरुवात गरेको नबिल दिगो घरकर्जा ग्राहकहरुले बैंकको आधार दरमा मात्र १ प्रतिशत प्रिमियम थपेर प्राप्त गर्न सक्नेछन भने स्थिर ब्याजदर चाहने ग्राहकहरुले सात वर्षको लागि वार्षिक १०.४९ प्रतिशतमा नै प्राप्त गर्न सक्ने छन् । सात बर्ष भन्दा बढि अवधि भएको स्थिर ब्याजदर चाहने ग्राहकहरुले सात वर्षको लागि वार्षिक १०.४९ प्रतिशत र सातबर्ष पछि बाँकी अवधिमा सात वर्ष पश्चात्को आधारदरमा १ दशमलब ५ प्रतिशत जोडिने व्याजदरमा प्राप्त गर्न सक्ने छन्। साथै यस स्किम अन्तर्गत ग्राहकले सेवा शुल्कमा पनि आकर्षक सहुलियत पाउनेछन भने १ वर्षलाई दुई लाखसम्मको निशुल्क क्रेडिट कार्ड पनि उपलब्ध गराईनेछ ।

यसकर्जालाई ग्राहकले सरल मासिक किस्तामा अधिकतम २० वर्षसम्ममा चुक्ता गर्न सक्ने छन्। यो कर्जा योजना बैंकको कुनै पनि शाखा बाट प्राप्त गर्न सकिने छ । यो कर्जा प्राप्त गर्नका लागि ग्राहकले निर्माण हुन गईरहेको घरको हकमा घरको नक्सापास पेस गर्नुपर्ने छ भने उक्त नक्सामा वर्षाको पानी संकलन र संरक्षण गन प्रविधि, फोहर व्यवस्थापन गर्ने प्रविधि तथा किफायती ऊर्जा सामाग्रीहरू जस्तै सिएफएल, एलइडीलाइटहरूको प्रयोग, सोलार प्रविधिबाट पानी तताउने र किफायती बिजुलीको प्रयोग गरी खाना पकाउने प्रविधि जस्तै इन्डक्सन कुकिङ आदि प्रविधिहरू समावेश भएको हुनुपर्ने कम्पनीले बताएको छ ।

यो कर्जा, वातावरण मैत्री तथा किफायती ऊर्जा सामाग्रीहरू प्रयोग गरेर नयाँ घर निर्माण गर्न, वा निर्माण भइसकेको घर खरिद गर्न, अन्य वित्तीय संस्थाबाट कर्जा लिइ वातावरण मैत्री तथा किफायती ऊर्जा सामाग्रीहरू प्रयोग गरी निर्माण भइसकेको घरको कर्जा स्वाप गर्न तथा यस बैंकबाट घर कर्जा उपयोग गरिरहेका ग्राहकहरूले निर्माण भईसकेको घरमा वातावरण मैत्री तथा किफायती ऊर्जा प्रविधि जडान गरी घरको मर्मत सम्भार गर्न थप कर्जा चाहिएमा प्राप्त गर्न सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij