२०८३ भाद्र ३ बुधबार

Aug 19 2026 Wednesday

  • २०८३ भाद्र ३ बुधबार

२०८३ भाद्र ३ बुधबार

दैनिक सरदर १ हजार मेगावाट विद्युत निर्यात

दैनिक सरदर १ हजार मेगावाट विद्युत निर्यात

  • मंगलबार, असोज २१ २०८२

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक औसत १ हजार मेगावाट निर्यात गरिरहेको जनाएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार चालु आर्थिक वर्षको साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भइसकेको छ।

प्राधिकरणले भारतीय ऊर्जा एक्स्चेन्ज (आईएक्स) को डे-अहेड र रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा विद्युत् बिक्री गरिरहेको छ। साथै, द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतको हरियाणा र बिहार राज्यमा पनि बिजुली बिक्री भइरहेको सिलवालले बताए।

यसैगरी, भारतको प्रसारण संरचनाको प्रयोग गरी बंगलादेशमा दैनिक ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ। भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा र बंगलादेशसँग अमेरिकी डलरमा हुने गरेको छ।

प्राधिकरणले भारत र बंगलादेश गरी कुल १ हजार १ सय ६५ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति प्राप्त गरेको छ। विद्युत् बिक्रीबाट भारतीय रुपैयाँ र अमेरिकी डलरमा आम्दानी भइरहेको प्राधिकरणले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij