२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

देवेन्द्र थुम्केलीबाट लिखित कृति लोककलाकार जीवनी विमोचन

देवेन्द्र थुम्केलीबाट लिखित कृति लोककलाकार जीवनी विमोचन

काठमाडौं । देवेन्द्र थुम्केलीले लोककलामा काम गर्ने एक दर्जन बढी कलाकारको जीवनी समेटिएकाे कृति लाेककलाकार जीवनी पुस्तक सार्वजनिक गरेका छन् ।

मंगलबार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा उक्त पुस्तक सार्वजनिक गरिएकाे हाे ।

उक्त कृति नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले विमोचन गरेका  हुन् ।

सो कार्यक्रममा प्रतिष्ठानका कुलपति कर्माचार्य, राजनीतिज्ञ एवं भाषाविद् डा. गोपाल ठाकुर, नेपाल ललितकला पत्रकार समाज (सोफाज) का अध्यक्ष केशव राज खनाल, प्राज्ञ सञ्जय वान्तवा लगायतले आफ्नाे धारणा राखेका थिए ।

नेपाली कलासंस्कृतिकाे जगेर्ना गर्न सबै एकजुट हुनुपर्नेमा वक्ताहरुले जाेड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij