२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

देवनारायण यादव एमालेमा प्रवेश

देवनारायण यादव एमालेमा प्रवेश

सप्तरीको तिलाठीका सीमा रक्षक देवनारायण यादव नेकपा एमालेमा प्रवेश गरेका छन् । उनी एमाले संसदीय दलको कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर पार्टी प्रवेश गरेका हुन् ।

सप्तरीको तिलाठी कोइलाडीस्थित नेपाल-भारत सीमा क्षेत्रमा भारतले अनधिकृत रुपमा निर्माण गरेका भौतिक संरचना र बाँध भत्काउने अभियानको नेतृत्व यादवले गरेका थिए । त्यसक्रममा भारतीय सीमा सुरक्षा बल र अतिक्रमणकारीले उनीमाथि सांघातिक आक्रमण गरेका थिए । त्यसपछि राष्ट्रिय चर्चामा आएका यादवलाई गत साता भारतीय प्रहरीले पक्राउ गरेको थियो । भारतीय प्रहरीले पक्राउ गरेका छोरालाई छुटाउन गएका उनलाई पनि हिरासतमा लिएर अपहरण मुद्दा चलाइएको थियो । तर, साधारण तारेखमा उनी छुटेका छन् । कांग्रेसबाट ०५४ मा क्षेत्रीय सदस्य बनेका यादव कांग्रेसका जिल्ला कार्यसमिति सदस्य थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij