काठमाडौं, पुस ४ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काग्रेसले आफुलाई प्रधानमन्त्रीको अफर गरेको खुलासा गरेका छन् । काग्रेस सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाले शनिवारको भेटमा आगामी ५ वर्षकै लागि प्रधानमन्त्री वन्न आफुलाई प्रस्ताव गरेपनि त्यसलाई अश्वीकार गरेको वताएका छन् ।
निर्वाचन पछि चुनावी समिक्षा र पार्टी एकताका विषयमा छलफल गर्न सोमबार वसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित वैठकमा नेताहरुलाई पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा विफ्रिङ गदै दाहालले प्रधानमन्त्री देउवाले काग्रेस, मधेस केन्द्रीत दल र माओवादी समेतको संयुक्त सरकार गठन गर्ने र त्यस्तो सरकारको ५ वर्ष सम्मै प्रधानमन्त्री आफुलाई दिने गरि प्रस्ताव राखेको बताएका हुन् ।
तर देउवाको त्यस्तो प्रस्तावलाई आफुले ठाडै अश्वीकार गरेर ५ वर्ष प्रतिपक्षमा वस्ने मानसिकता वनाउन सुझाव दिएर आएको दाहालले वैठकमा खुलासा गरेको खवर आजको अन्नपूर्णपोष्ट दैनिकले छापेको छ ।

प्रचण्ड , अध्यक्ष, माओवादी केन्द्र
दाहालले वैठकमा राखेको भनाईको पुष्टि माओवादी केन्द्रका सचिवालय सदस्य अग्नि सापकोटाले पनि गरे । हामीलाई सरकारको नेतृत्व गर्ने गरि काग्रेसले प्रस्ताव गरेको थियो,’ दाहालको भनाई उदधृत गदै नेता सापकोटाले सोमबार साझ केही सञ्चारकर्मीहरुसगको भेटमा भने, –तर अध्यक्षले शेरवहादुर जीलाई नेतृत्व हस्तान्तरण गर्दा पनि केपी जीले मलाई प्रधानमन्त्रीको अफर गर्नुभएको थियो, मानिन । अहिले ओलीजीलाई दिन खोज्दा पनि शेरवहादुर जीवाट मलाई अफर आएको छ तर त्यस्तो अफरमा हामी रुमल्दिैनौं, अहिले त्यस्तो प्रस्ताव, अफर पार्टीको चाहना पनि होइन, ।’
प्रधानमन्त्री देउवा र दाहालवीच १ पुसमा भेट भएको थियो । देउवाको त्यस्तो प्रस्तावमा दाहालले अव यताउता नगरि ५ वर्ष प्रतिपक्षमा वस्ने मानसिकता तिर लाग्न प्रष्टै भनिदिएर आएको दाहालले वैठकमा सुनाएका थिए ।
उनले निर्वाचन परिणामपछि काग्रेसले आफनो पोजिसनको खोजीमा लागेकोले सरकार गठनमा केही समय विलम्व हुने संकेत पनि वैठकमा गरे । काग्रेसले अहिले पोजिसन खोजेको देखिन्छ, त्यही भएर उसले राष्टिय सभा सम्वन्धि विषयलाई सम्वैधानिक र काुननी रुपमा नभई राजनीतिक रुपमा उठाउन चाहेको देखिन्छ,’ दाहालले वैठकमा भने, –‘काग्रेस पनि जर्वजस्त शक्तिकै रुपमा देखा परेको छ, उसलाई पनि समेटेर सन्तुलित रुपमा लैजान सक्ने गरि समन्वयकारी भूमिका माओवादीले खेल्नुपर्छ ।’
माओवादीले अव त्यस्तो समन्वयकारी भूमिका निर्वाह गर्ने नेता सापकोटाले वताए । काग्रेसलाई पोजिसन दिने विषयमा हिजोको जस्तो स्तरमा नभई निर्वाचन परिणाम पछिको सन्तुलनका आधारमा भूमिका दिई राष्टिय सहमतिको खोजी गरेर जानुपर्नेमा दाहालको जोड थियो ।
हामीले हिजो पनि समन्यकारी भूमिका निर्वाह् गरेकै कारण संविधान सभावाट संविधान निर्माण हुन सक्यो, निर्वाचन सम्पन् हुन सक्यो अव पनि काग्रेसलाई पनि साथै लिएर जाने गरि हामीले समन्यकारी रुपमा सन्तुलित भूमिका खेलेर जान सक्नुपर्छ,’ दाहालको भनाई थियो ।
त्यसका लागि माओवादीले अव प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालवीच छलफल गर्ने वतावरण तयार पारि सहमतिको खोजी गर्ने निश्र्कष निकालेको छ ।
राष्टिय सभा गठन सम्वन्धि विवाद राजनीतिक विषय हो, यसलाई राजनीतिक सहमतिकै आधारमा समाधान गर्नुपर्छ भन्ने वैठकले निश्र्कष निकालेको छ, अव शीर्ष नेताहरु नै वसेर निश्र्कष निकाल्ने गरि अगाडी वढछौं, वैठकपछि प्रवक्ता पम्फा भुषालले भनिन् ।
राष्टिय सभा सम्वन्धी अध्यादेशले ल्याएको समस्याका विषयमा निर्वाचन आयोग र संविधानविदहरुसँग वसेर परामर्श पनि गरिने अर्का नेता देवेन्द्र्र पौडेलले जानकारी दिए ।
सरकार र पार्टी एकताको विषय सागसागै अगाडी लैजानु पर्नेमा माओवादी वैठकले जोड दिएको छ । दाहालले पार्टी एकताका सन्र्दभमा जोडन खोज्नेहरु खुसी मात्र भएपनि तोड्न खोज्नेहरु भने सक्रिय हुन थालेको तर्फ वैठकमा नेताहरुलाई सचेत रहन दाहालले आग्रह गरेका थिए ।
एमालेका कतिपय नेताहरुका अभिब्यक्तिले संसय र आशंका ल्याउने काम गरेपनि त्यस्तो आशंका दुई पार्टी एकता संयोजन समितिको वैठक वसेपछि दुर हुने विश्वास दाहालले ब्यक्त गरे ।
‘दुई पार्टीका वीचमा पार्टी एकताकै विषयमा भने निर्वाचन पछि गम्भिर भएर छलफल चलेको छैन, एकता गर्नेमा दुवै पार्टी छौं, तर अध्यक्षको विश्वास एकता संयोजन समितिमा छलफल भएपछि कार्यतालिका वन्छ भन्नेमा छ,’ नेता सापकोटाले भने, – हामीले अहिले एकतामा जोड गरेकै प्रस्ताव आफनै भएर हो । आफनै प्रस्ताव भएकोले पनि यसलाई निश्र्कषमा पुरायउने दायित्व र स्वामित्व हामीले नै लिनुपर्छ ।’
सरकार गठन अगावै पार्टी एकताको कार्ययोजना नै वनाउनु पर्ने मा माओवादी वैठकले जोड गरेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij