२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

दूधकाे मूल्य बढाइएकाे प्रति राष्ट्रिय उपभोक्ता मञ्चकाे आपत्ति

दूधकाे मूल्य बढाइएकाे प्रति राष्ट्रिय उपभोक्ता मञ्चकाे आपत्ति

काठमाडाैं । गैरकानूनी तरिकाबाट दूधको मूल्य बढाएको भन्दै डेरी एसोसिएसन लगायत डेरी उद्योग माथि कारबाही माग गर्दै राष्ट्रिय उपभोक्ता मञ्चले प्रधानमन्त्रीलाई पत्र लेखेको छ । दैनिक अत्यावश्यक वस्तुको रुपमा रहेको दूध तथा दुग्धजन्य पदार्थको मूल्यमा अचाक्ली भाउ बढाउने काम नेपाल डेरी उद्योग सङ्घ र सङ्घसँग आबद्ध डेरी उद्योगहरूले प्रति लिटर रु.१४ बढाएको छ । पुस १६ गते देखि लागु हुने गरी गरिएको यस मूल्यवृद्धिले आम उपभोक्तालाई अत्यन्त ठुलो आर्थिक भार पर्ने मञ्चले बताएको छ ।

अध्यक्ष प्रेमलाल महर्जनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मिति २०७८ माघ महिनामा रु. ६० प्रति लिटरबाट बढाएर ८६ रुपैयाँ गरेको एक बर्ष पनि नपुग्दै प्रति लिटरमा नै १४ रुपैयाँ बढाउने निजी क्षेत्रको यो दुष्कार्य राष्ट्रिय दुग्ध ऐन र नीति नियम विपरीत भएको ब्यहोरा अनुरोध गर्दै एक पटक मूल्य बढाएको मितिले कम्तीमा दुई वर्ष मूल्यवृद्धि गर्न नपाउने नियम निजी क्षेत्रले उल्लङ्घन गरेको छ ।’

महर्जनले आफ्नाे फेसबुक स्टाटसमा लेखेका छन्, डेरी उद्याेगहरूले जनतालाइ लुटने ढंगले प्रति लिटरमा नै १४ रूपैयां गैरकानूनी तरिकाले बढाएकाेमा हामीले प्रधानमन्त्री समक्ष बिराेध पत्र दियाैं । २०७८ माघ महिनामा मात्र १६ रूपैयाँ प्रति लिटर भाउ बढाउने डेरी उद्याेगहरूले एेन नियम अनुसार एक पल्ट मुल्य बढे पछि दुइ बर्षसम्म मूल्य बढाउन नपाउने नियम उल्लंघन मात्र गरेकाे छैन, सराेकारवाला निकायहरूलाइ कुनै जानकारी नै नदिइ मूल्यबृध्दि गर्ने कामले दादागिरी गरेकाे प्रष्ट भएकाेछ । त्यसैले डेरी उद्याेगहरूकाे याे मूल्यबृध्दिकाे सर्वत्र बिराेध गराैं ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij