काठमाडौं– नेकपा एमाले र नयाँ शक्ति पार्टी नेपाल दुबै दलको समानुपातिक उम्मेदवारको सूचिमा रहेकी गंगा चौधरीले आफ्नो प्रतिक्रिया राखेकी छिन् । उनले यस्तो हुनुमा निर्वाचन आयोगले गल्ति गरेको बताएकी छिन् । चौधरीले कार्तिक १३ गते नै नयाँ शक्तिबाट आफ्नो नाम झिक्न आयोगमा निवेदन दिएको बताएकी छिन् । उनले आयोगमा दर्ता गराएको आफ्नो पत्रको दर्ता नं. ५ रहेको बताईन् ।
कार्तिक १२ गतेसम्म बन्द सुचिमा रहेका उम्मेदवार संसोधनका लागि आयोगले समय दिएको थियो । तर, चौधरीले १ दिन ढिला गरी १३ गते गएर संसोधनका लागि निवेदन दिएकी थिइन् ।
चौधरीलाई दुई दलले दाङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा समानुपातिकतर्फ सुचिकृत गरेका छन् । गत असोज २९ गते राजनीतिक दलले प्रतिनिधिसभा र प्रदेशसभाका लागि समानुपातिक उम्मेदवारको सुचि आयोगमा बुझाएका थिए । कार्तिक १७ गते आयोगले समानुपातिक तर्फका उम्मेदवारहरुको बन्द सूचि सार्वजनिक गरेको थियो । आयोगले सार्वजनिक गरेको सूचिमा गंगाको नाम एमाले र नयाँ शक्ति दुवै तिर भेटिएको भनेर रातोपाटीले खुलासा गरेपछि यो प्रकरण बहसमा आएको हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij