भैरहवा । बहालवाला स्वास्थ्य मन्त्री दीपक बोहोराले निर्वाचन आचारसंहिता विपरित विजुलीका पोल तथा पैसा बाडेको भेट्टाएपछि रुपन्देहीमा निर्वाचन आयोगले उनलाई कारबाहि थालेको छ ।
रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार रहेका स्वास्थ्य मन्त्री बोहोराले मतादातालाई प्रभावित गर्नेगरी शुद्धोधन गाउपालिका वडा नम्बर ४ को जुगडीहवा र वडा नम्बर ५ को शितलपाटिको थारु गाउमा शनिबार राति २२ थान विजुलीको पोल बाडेंका थिए ।
‘हिजो सांझ पर्नै लागेको थियो । ट्याक्टरमा पोल आयो अनि फटाफट झारेर गयो । गाउका भुल्ले थारु र घोराही थारुले लिएर आएका थिए । उनीहरुले मन्त्री बोहोराले पठाएको हो भन्दै थिए । ” आइतबार विहान यो पोल कहिले कहांबाट अयो भनि पत्रकारले सोधेको जिज्ञासामा स्थानिय शिवकुमारी थारुले भनिन् ।
आफ्नो घर अगाडी झारेको पोल देखाउदैं लक्ष्मी चौधरीले भनिन, मन्त्री बोहोराले पोल पठाइदिनु भएको छ हामीले उहांलाई भोट दिएपछि तार पनि पठाइदिनुहुन्छ रे ।
निर्वाचनको आचारसंहिता विपरित सर्वसाधरणलाई प्रभावित गर्नेगरी विजुलीका पोलहरु गाउमा खसाल्ने काम गलत भएको सोहि वडाका निर्वाचित वडाध्यक्ष राजेन्द्र कडेंलले बताए ।
उक्त वडाका पुर्व वडाअध्यक्ष मणिराम थारुले भने ‘हिजो सौ फर्साटिर गाविसका सबै टोलमा विजुली बल्दा यहां दिइएन। हामीले धेरै प्रयास गरयौं तर त्यहि बोहोरा जी हरुले रोके आज चुनाब आयो भनेर जनतालाई मुर्ख बनाउदैं पोल लिएर दिएका छन् । ‘
स्थानिय कुमारी थारुले गाउलेलाई विजुलीको पोलमा मत किन्न खोजिएको भन्दै आक्रोस व्यक्त गरिन् ।
यसैबीच सो ठाउमा निर्वाचन आचार संहिता विपरित विजुलीको पोल खसालेको भन्दै निर्वाचन आचारसंहिता अनगुमगन समिती रुपन्देहीका सदस्य खिमप्रसाद अर्यालको टोली सोही ठाउमा पुगी स्थलगत अध्ययन गरेको छ । स्थलगत अनुसन्धानमा पुगेका अर्यालले भने ‘यहां आचारसंहिता विपरित विजुलीको पोल झारेको पाइयो । हामी कारबाहिकोलागी सिफारिश गछौं ।‘
नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलि लिएर पुगेको उक्त आचारसंहिता अनुगमन टोलीले तत्काल ती पोलहरु शुद्धोधन गाउपालिका र प्रहरीको नियन्त्रणमा राखेकोछ । निर्वाचन पश्चात आवश्यक छलफल गरी आवश्यक ठाउमा गाउपालिकाले ती पोल वितरण गर्ने भएको हो ।
जनप्रतिनिधीले उम्मेदवारी खारेजीको गरे माग
रुपन्देहीका जनप्रतिनिधीले रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार दीपक बोहोराको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएका छन् ।
शुद्धोधन गाउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राजेन्द्र कडेंल, वडा नम्बर ३ का वडाअध्यक्ष हेम बहादुर खड्का र वडा नम्बर ५ का वडाध्यक्ष पुन्यराम गौतम, वडा सदस्यहरु हेमन्त थापा, भुनेश्वर थारु लगायत एक सय जना भन्दा बढी सर्वसाधरणले हस्ताक्षर गरी निर्वाचन आचारसंहिता विपरित जनतालाई प्रलोभन दिने उम्मेदवारको उम्मेदवारी खारेजी गर्न माग गरेका हुन् ।
उजुरी दिदैं शुद्धोद्धन गाउपालिका वडा अध्यक्ष राजेन्द्र कडेंलले भने ‘जुन नेताले जनता किन्न खोज्छ त्यसले भोली हामी जनतालाई यसैगरी बेच्छ । त्यसैले हामी यस्ता नेताको उम्मेदवारी खारेजीको माग गर्दै आयोगलाई उजुरी दिएका हौ ।
निर्वाचन आचारसंहिता विपरित विजुलीको पोल बाडेंको तथा अन्य क्रियाकलाप गरेको भन्दैं केही जनप्रनिधि र सर्वसाधरणले हस्ताक्षर गरेर राप्रपाका उम्मेदवार दीपक बोहोरालाई कारबाहिको माग गर्दै उजुरी आएको निर्वाचन अनुगमन समिती सदस्य खिमप्रसाद अर्यालले जनाए । उनले भने हामीले यो निवेदन र हाम्रो स्थलगत रिर्पोट माथि पेश गर्छौ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij