२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

थपिए १ हजार २२८ जना काेराेना संक्रमित, ६ जनाकाे मृत्यु

थपिए १ हजार २२८ जना काेराेना संक्रमित, ६ जनाकाे मृत्यु

देशभर पछिल्लाे २४ घण्टामा थप १ हजार २ सय २८ काेराेना पुष्टि भएकाे छ । जसमध्ये महिला ३९४ र पुरुष ८३४ छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ ।

बिहीबार उपत्यकामा थप ४४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना रहेका छन् ।
यस्तै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४१३ रहेको छ । हाल सम्म विशेष आइसोलेशनमा १० हजार ६७१ र होम आइसोलेशनमा ७ हजार ७४२ जना रहेका छन् । आज १३ हजार ४१३ जनाको पीसीआर परीक्षण भएको छ ।

यसैगरी बितेको २४ घण्टामा ९१७ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या २४ हजार २०७ पुगेको छ ।

हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २५७ पुगेको छ। पछिल्लाे २४ घण्टामा ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij