२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

तीन महिनापछि आयो विदेशबाट नेपालीको पहिलाे शव

तीन महिनापछि आयो विदेशबाट नेपालीको पहिलाे शव

काठमाडाैँ– शुक्रबार साँझ दुवईबाट एयर अरेवियाको विमान १ सय ६८ जना नेपाली ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्‍यो। उनीहरुलाई सरकारले तोकेको होल्डिङ सेन्टर पुर्‍याएको छ।

उक्त विमानले एउटा शव पनि बोकेर ल्याएको थियो। उक्त शव इलामका एक युवकको भएको बताइएको छ।

वैदेशिक रोजगारी गएका उनको केही समयअघि निधन भएपछि शुक्रबार १ सय ६८ जना नेपाली ल्याएर आएको विमानबाट शव ल्याइएको हो।

अन्तर्राष्ट्रिय उडान बन्द भएयता विदेशमा निधन भएका नेपालीहरुको शव नेपाल ल्याउन पाइएको छैन। सरकारले परिवारहरुलाई मनाएर उतै अन्तिम संस्कार गर्न सहमति लिइरहेको थियो।

करिब तीन महिनापछि शुक्रबार आएको एयर अरेबियाको जहाजमा बल्ल एउटा शव आएको हो।

थुप्रै देशहरुमा विभिन्न कारणले ज्यान गुमाएका नेपालीहरुको शव अझै ठूलो संख्यामा अलपत्र छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij