दमौली (तनहुँ), ४ चैत: तनहुँ जिल्लाको ऋषिङ प्रहरी चौकीका वरिष्ठ प्रहरी हवल्दार ओमबहादुर विक मृत अवस्थामा भेटिएका छन्।
रुपन्देही निवासी ४३ वर्षीय विक ऋषिङमा कार्यरत थिए। आज बिहान चौकी नजिकैको बेलौती क्षेत्रमा रहेको रुखमा उनी झुण्डिएको अवस्थामा फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार विक लामो समयदेखि मानसिक रूपमा अस्वस्थ रहेको बताइएको छ। यस घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij