२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

ढुक्क हुनुस्, वामपन्थीको जित सुनिश्चित छ : उद्धवराज तिमिल्सिना

ढुक्क हुनुस्, वामपन्थीको जित सुनिश्चित छ : उद्धवराज तिमिल्सिना

उद्धवराज तिमिल्सिना प्रचार विभाग प्रम्ुख, काठमाडौं क्षेत्र नम्बर ६ (ख)

काठमाडौं क्षेत्र नम्बर ६ मा अहिले प्रचारप्रसारको कार्यलाई वामपन्थी गठबन्धनले तीव्र पारेको छ । प्रचारप्रसारलाई प्रभावकारी बनाउनको निम्ति हामीले एउटा मुख्य कमिटी गठन गरिएको छ । तारकेश्वर, टोखा र महानगरपालिका समेत समेटिएको यस क्षेत्रमा वडा स्तरीय शाखाहरु गठन गरिएको साथै प्रत्येक वडाको भेटघाट र एकचरण घरदैलो समेत सकिइसकेको काठमाडौं क्षेत्र नम्बर ६ (ख)का प्रचार विभाग प्रमुख उद्धवराज तिमिल्सिनाले बताए ।

बाम गठबन्धन अन्तरगत यसपटकको निर्वाचनमा सुर्य र हँसिया हथौडाका छुट्टाछुट्टै चिन्हहरुमा भोट हाल्नुपर्ने भएको कारण मतदाता शिक्षालाई विशेष प्रभावकारी तवरले जनताहरुलाई बुझाउने कार्यमा क्षेत्र नम्बर ६ को बामगठबन्धन जुटेको समेत तिमिल्सिनाले बताएका छन् ।

साथै जनतामा अहिलेको गठबन्धन निर्वाचनको लागि मात्र हो कि अथवा पार्टी एकीकरण समेत गर्ने किसिमले नै हुने हो भन्ने कुरा जनतामा अहिले पनि द्विविधा रहेको कारण जनताहरुलाई हामीले धैयर्तापूर्वक बुझाउने कार्यमा आफूहरु लागिरहेको समेत उनले बताए ।
तिमिल्सिनाका अनु्सार युवा वर्गहरुले गठबन्धनको औचित्यता र महत्व बुझिसकेका भएपनि बुढाबुढीहरुलाई भने यस बारेमा विशेष सजगतापूर्वक मतदाता शिक्षालाई थप प्रभावकारी तवरले अघी बढाउन अढाउनुपर्ने उनले बताएका छन् ।

स्थानीय जनताहरुबीच नयाँ अनुहारका व्यक्तिहरुले उम्मेदवारी दिएको कारण वामगठबन्धनलाई यसको प्रभाव कस्तो पर्ला ? साथै जित सुनिश्चित हुने आधार के हुन सक्छ ? भन्ने सेतोघरको प्रश्नमा तिमिल्सिनाले वाम गठबन्धन अन्तरगतका अहिलेका मुख्य दल नेकपा (एमाले) र माओवादी दुवैले यस क्षेत्रको विकासको निम्ति प्रयाप्त काम गरेको, कम्युनिष्टहरु जात र छुट्टै धर्म नहुने भन्दै तारकेश्वर र टोखा क्षेत्रमा अघिल्लो निर्वाचनमा समेत वामपन्थीहरुकै वर्चस्व रहेको कारण समेत यसपटकको गठबन्धनको जित सुनिश्चित रहेको तिमिल्सिना दावी गर्छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij