२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

ढुंगेल पक्राउविरुद्द वाइसीएलको कडा प्रतिक्रिया

ढुंगेल पक्राउविरुद्द वाइसीएलको कडा प्रतिक्रिया

माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई जनयुद्धका क्रममा भएको घटनामा दोषी करार गरेर पक्राउ गरी जले चलान गर्ने सरकारी कदमको वाइसीएल नेपालले कडा आपत्ति जनाएको छ ।

देश संविधानको कार्यान्वयन अन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभाको निर्बाचनमा होमिई रहेकोबेला सरकारले माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्नुले आम आश्चार्यचकित बनाएको वाइसीएलले जारी गरेको प्रेस बक्तव्यमा उल्लेख छ ।

वाइसीएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ महासचिव सुवोधराज शेर्पालीद्वारा हस्ताक्षरित प्रेश बक्तव्यमा भनिएको छ, ‘द्वन्दकालका गम्भीर घटनामा ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ मार्फत हेरिने भन्ने बिस्तृत शान्ति सम्झौताको उलघंनमात्रै होइन देश निर्बाचनमा होमिईरहँदा निर्बाचन भाड्ने षड्यन्त्रस्वरुप गरिएको गिरफ्तारीप्रति हाम्रो संगठन आपक्ति व्यक्त गर्दछ । साथै ढुंगेलको मुद्दालाई आयोगमार्फत हल गर्न र उनलाई तत्काल रिहाई गर्न समेत माग गर्दै निर्बाचन भाड्न गरिएको षड्यन्त्रप्रति चनाखो र सचेत हुन समेत आम युवाहरुमा अपिल गर्दछ ।’

ढुंगेललाई तत्काल रिहाई नगरिए देशभरका ७७ वटै जिल्लामा द्वन्दकालिन मुद्दाहरु व्युताएर घटनामा संलग्न नेपाली कांग्रेसका र राप्रपाका नेताहरुमाथि मुद्दा दायर गर्ने पहलकदमी लिन वाइसिएलका मातहतका जिल्ला समितिहरुलाई निर्देशित गर्दछ ।

एभरेष्ट दैनिक डट कममा प्रकाशित

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij