२०८३ कार्तिक १८ मंगलबार

Nov 03 2026 Tuesday

  • २०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

डीजे मार्समेलो नआएपछि दरबारमार्गको नाइट क्लबमा आक्रोशित दर्शकले गरे तोडफोड

डीजे मार्समेलो नआएपछि दरबारमार्गको नाइट क्लबमा आक्रोशित दर्शकले गरे तोडफोड

काठमाडौं,मंसिर २८ –चर्चित अन्तर्राष्ट्रिय डीजे मार्समेलोले धोका दिएपछि उनका समर्थकहरुले काठमाडौंको दरबारमार्गमा रहेको नाइट क्लब डेजाभूमा बुधबार मध्यराती तोडफोड गरेका छन् । मार्समेलो आउने भनी प्रतिब्यक्ति ४ हजार रुपैयाँसम्म लिएर आयोजकले हजारौं दर्शकलाई टिकट बेचेका थिए ।तर, राती अबेरसम्म पनि डीजे मार्समेलो क्लबमा देखिएनन् । राती १ बजेतिरमात्र आयोजकले स्वास्थ्यका कारण उनी नआउने जानकारी दिएपछि आक्रोशित दर्शकले क्लबमा तोडफोड गरेका थिए ।


दरबारमार्ग प्रहरी वृत्तका प्रमुख डीएसपी तिलक भारतीले भने, ‘डीजे नआएपछि आक्रोसित भिडले तोडफोड गरेको हो । क्लबमा केही क्षति भएको छ ।’

बिहान ५ बजेतिर मार्समेलोले आफ्नो फेसबुक पेजमा स्वास्थ्यका कारण आफु काठमाडौंमा उपस्थित हुन नसकेको भन्दै क्षमा मागेका छन् । डाक्टरले आफूलाई आराम गर्न निर्देशन दिएका कारण आफू उपस्थीत हुन नसकेको उनको भनाइ छ ।

तर, उनी आउन नसक्ने सूचना किन बेलैमा दिइएन भन्नेबारे न त आयोजकले नै मुख खोलेका छन् नत डीजे मार्समेलो नै यसबारे बोलेका छन् ।

मार्समेलो पछिल्ला बर्षहरुमा निकै लोकप्रिय बनेका अमेरिकी डीजे हुन् । डीजेइङ गर्दा उनको टाउकोमा मार्समेलो क्याप लगाइरहेकै हुन्छन् । उनको वास्तविक नाम भने अहिलेसम्म खुलाइएको छैन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij