काठमाडौं । ‘तिमी बिना जितेको जित मान्दिन, तिमी बिना हारेको हार ठान्दिन’ भन्ने शब्द सहित ‘जित मान्दिन’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
प्रेमकथामा आधारित यो म्युजिक भिडियो युवा वर्ग लक्षित छ ।
करिब साढे ४ मिनट लामो उक्त भिडियोमा प्रभात पल ठकुरी र प्रनिमा दाहालले अभिनय गरेका छन् । यी कलाकारहरु लामो समय यही क्षेत्रमा संलग्न रही अनुभव हासिल गरेका हुनाले दर्शकहरु बीच यस म्युजिक भिडियोले मन जित्ने अपेक्षा गरिएको छ ।
यसमा ज्ञानेन्द्र गिरीले आवाज भरेका छन् भने विशाल निरौलाले मिक्सिङ गरेका हुन् । अलंकार स्टुडियोले यसलाई छायांकन गरेको हो ।