लकडाउनको अवसर पारेर ट्रेकिङ व्यवसायीहरुको साझा संस्था टानले भर्चुअल्ली व्यवसायीहरुलाई डिजिटल मार्केटिङ र SEO सम्बन्धी भर्चुअल टेनिङ आयोजना गर्ने भएको छ ।
सामुहिक छलफलको लागि उपयुक्त र प्रभावकारी मानिने जूम एप्स मार्फत इन्टरनेटबाट कसरी व्यवसाय प्रभावकारी रुपमा प्रवद्र्धन गर्न सकिन्छ भन्ने बारे व्यवसायीहरुलाई आधारभूत ज्ञान उपलब्ध गराउने मान्यता सहित यो सेसन आयोजना गर्न लागिएको टानका अध्यक्ष खुम सुवेदीले बताउनुभयो ।
टानले पहिलो पटक आयोजना गर्न लागेको यो तालिम पर्सि शुक्रवार दिउँसो १२ः२० मा शुरु हुने बताइएको छ । उक्त सेसनमा करिब ३ सय पर्यटन व्यवसायीहरु सहभागि गराउने टानको लक्ष्य छ ।
पछिल्ला दिनहरुमा सबैजसो व्यवसाय प्रवद्र्धनमा प्रविधिको विशेष भूमिका रहँदै आएको अवस्थामा पर्यटन व्यवसायमा यसको अझ बढी महत्वपूर्ण भूमिका रहने गर्छ । यद्यपि व्यवसायीहरुमा वेभसाइट प्रवद्र्धन तथा सर्च इन्जिन अप्टिमाइजेसन (SEO) लगायतका प्राविधिक पक्षको थप क्षमता अभिवृद्धि गर्दै बढी लाभ लिन सकुन् भन्ने मान्यता सहित यो डिजिटल सेसन आयोजना गरिएको पनि अध्यक्ष सुवेदीले बताउनुभयो ।
शुक्रबारको सेसनमा SEO सेसन प्रकाश खतिवडा र प्रकाश हुमागाईले सञ्चालन गर्नेछन् । डिजिटल मार्केटिङ सेसन आकाश कार्कीले सञ्चालन गर्नेछन् । कार्यक्रमको संयोजन टान अध्यक्षबाट हुनेछ । कार्यक्रमकाे प्राविधिक व्यवस्थापन SEO Company in Nepal बाट हुनेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij