जुम्लामा सत्याग्रह थालेको चार दिनपछि प्राध्यापक डा. गोविन्द केसीको मागप्रति ऐक्यवद्धता जनाउँदै कर्णाली प्रदेशका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् ।
नेपाल चिकित्सक संघ जुम्लाले कर्णाली प्रदेश अन्तर्गतका सम्पूर्ण स्वास्थ्य संस्थामा आकस्मिक बाहेक सबै सेवा ठप्प पारी डा। केसीको जीवन रक्षाको माग गरेको हो ।
डा. केसीलाई सुविधा सम्पन्न अस्पतालमा स्थानान्तरण गर्न जिल्ला प्रशासन कार्यालयलाई संघले हिजो २४ घण्टे अल्टिमेटम दिएको थियो ।
प्रशासनले आफ्नो माग सुनुवाई नगरेको भन्दै बाध्य भएर स्वास्थ्य संस्थामा आकस्मिक बाहेक सवै सेवा ठप्प पार्नु परेको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उनीहरुले हिजोदेखि हातमा कालो पट्टी बाँधेर प्रशासनको विरोध गरेका छन् । जिल्ला प्रशासन कार्यालय जुम्लाले भने स्वास्थ्य सेवा बन्द नगर्न अपिल गरेको छ ।
कर्भडहलमा उपचारका लागि कुनै सुबिधा नभएको भन्दै चिकित्सकको टोली हिजो साँझ फर्किएपछि डा। केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ ।
उनको जीवन रक्षाको माग गर्दै जुम्लाका युवाहरु पनि सडकमा उत्रिएका छन् ।
प्रहरीको निगरानीमा जुम्लाको खेलकुद परिसरको कर्भड हलमा डा केसीले १५ औं पटकको अनशन आज चौंथो दिन जारीराखेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij