२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

टान भन्छ, बिना धितो २० लाख रकम उपलब्ध गराइयोस्

टान भन्छ, बिना धितो २० लाख रकम उपलब्ध गराइयोस्

युवा पर्यटन उद्यमी हुन् खुम सुवेदी । हाल देशभरका ट्रेकिङ व्यवसायीहरु संलग्न रहेको ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)को समेत उनले नेतृत्व गरिरहेकाछन् ।

व्यवसायी सुवेदीले १ बर्ष सम्म बिना धितो सहुलियत व्याज (२ प्रतिशत)मा प्रति व्यवसायी २० लाख रुपियाँ सम्म कर्जा उपलब्ध गराउन आग्रह गरेका छन् ।

व्यवसायीहरु पनि राज्यकै हिस्सा भएको कुरालाई दृष्टिगत गर्दै व्यक्तिको कारोवारलाई आधार मानी परिस्थिति सहज हुने बित्तिकै २० लाख रकम बिनाकर्जा उपलब्ध गराउन सकेको खण्डमा मात्र आफूहरुले घरभाडा, कर्मचारी तलब लगायतका खर्चको अलावा व्यावसायिक प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरेर १ बर्षमा व्यवसायलाई पुःन राम्रो तवरले चलायमान बनाउन सकिने धारणा सेतोघर डट कमसँगको संक्षिप्त कुराकानीमा व्यक्त गरेका हुन् ।

कोरोनाको विषम परिस्थितिको कारण मुलुकमा भएको लकडाउन र यसले पर्यटन व्यवसायमा पुर्याएको नोक्सान सम्बन्धमा उनी चिन्तित छन् ।

ट्रेकिङ व्यवसायमा संलग्न अधिकांश व्यवसायीहरु सामान्य लगानीबाट नै व्यवसाय सञ्चालन गरिरहेका र उनीहरुको आफ्नै सक्रियताको कारण विगतमा आफूहरुको व्यवसाय सन्तुलनमा रहँदै आएको र राजस्व र रोजगारीमा समेत महत्वपूर्ण योगदान दिन सफल रहेपनि यतिबेला परिस्थितिवश अकल्पनीय स्थितिमा आफूहरु पुगेको उनले बताए ।

अहिले व्यवसायीहरु समस्यामा रहेको र यसबाट मुक्त हुन व्यवसायीहरुको मात्र पहल प्रयाप्त नहुने बताउँदै उनले समग्र उद्योगी व्यवसायीहरुको अभिभावकीय भूमिका निर्वाह गरिदिन राज्यसँग सहयोगको अपेक्षा गरेका छन् ।

यस अन्तरगत व्यवसायी सुवेदीले १ बर्ष सम्म बिना धितो सहुलियत व्याज (२ प्रतिशत)मा प्रति व्यवसायी २० लाख रुपियाँ सम्म कर्जा उपलब्ध गराउन आग्रह गरेका छन् ।

व्यवसायीहरु पनि राज्यकै हिस्सा भएको कुरालाई दृष्टिगत गर्दै व्यक्तिको कारोवारलाई आधार मानी परिस्थिति सहज हुने बित्तिकै २० लाख रकम बिनाकर्जा उपलब्ध गराउन सकेको खण्डमा मात्र आफूहरुले घरभाडा, कर्मचारी तलब लगायतका खर्चको अलावा व्यावसायिक प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरेर १ बर्षमा व्यवसायलाई पुःन राम्रो तवरले चलायमान बनाउन सकिने धारणा सेतोघर डट कमसँगको संक्षिप्त कुराकानीमा व्यक्त गरेका हुन् ।

उनले परिस्थितिको ख्याल गर्दै सबै व्यवसायीहरुलाई धैर्यधारण गर्न र सुरक्षित रहन समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij