२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ फागुन २७ देखि निष्काशन

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ फागुन २७ देखि निष्काशन

  • शुक्रबार, फाल्गुन १५ २०८२

काठमाडाैं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले फागुन २७ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पुँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत बराबर ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ मूल्यका ४२ लाख ३० हजार ६६८ कित्ता साधारण सेयर निष्काशन गर्न अनुमति पाएको छ। यसमध्ये १२ करोड रुपैयाँ बराबरका प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १२ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका भोजपुर जिल्लाका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।

त्यसैगरी, सर्वसाधारण समूहअन्तर्गत छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात ३ लाख ३ हजार ६७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिनेछ। साथै सामूहिक लगानी कोषका लागि १ लाख ५१ हजार ५३३ कित्ता र कम्पनीका कर्मचारीहरूका लागि ६० हजार ६१३ कित्ता सेयर सुरक्षित गरिएको छ।

यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आवेदन छिटोमा चैत ११ गते र ढिलोमा चैत २६ गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने आवेदन छिटोमा चैत १ गते र ढिलोमा चैत ११ गतेसम्म रहनेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले बिक्री प्रबन्धकको कार्यालय, आयोजना कार्यालय भोजपुर, प्रभु बैंकका भोजपुर, प्याउली र हटुवागढी शाखा तथा सिटिजन्स बैंक इन्टरनेशनलको भोजपुर शाखाबाट आवेदन दिन सक्नेछन्। आवेदन फाराम प्राप्त गर्न २ रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।

विदेशमा कार्यरत नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij