हेटौंडा । मकवानपुरकाे अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवार मकवानपुरकाे २५१ औं साहित्य शृङ्खला शनिबार फेसबुक लाइभमार्फत् सम्पन्न भएकाे छ ।
नाेबेल काेराेना भाइरस (काेभिड-१९) काे विश्वव्यापी महामारीका कारण जारी लकडाउनकाे प्रभावबाट नियमित साहित्यिक कार्यक्रमलाई निरन्तरता दिने उद्देश्यले प्रविधिकाे प्रयाेगमार्फत् सर्जकहरूलाई एकै ठाउँमा समेटेर समाजलाई सन्देश दिने उद्देश्यका साथ कार्यक्रम गरिएकाे जानकारी झसाप अध्यक्ष दीपक गाैतमले गराउनुभयाे ।
अडियाे रेकर्डका माध्यमबाट फेसबुक लाइभमा प्रसारण गरिएकाे कार्यक्रममा साहित्यकारहरू सर्जक सञ्जाल मकवानपुर अध्यक्ष निमेष निखिल, गजल मञ्च मकवानपुर अध्यक्ष देवराज तिवारी, कवि सुवास खनाल, झसाप अध्यक्ष दीपक गाैतम, झसाप उपाध्यक्ष चिरञ्जीवी लामिछाने,साहित्य सङ्गम मकवानपुरका सचिव डिबी बर्ताैला, झसाप सदस्य मञ्जु दाहाल, तथा साहित्य सर्जकहरू प्रद्युम्न आचार्य, भुपेन्द्र राना, भीम घाेरासाइनी, स्वस्तिका दाहाललगायत १ दर्जन साहित्यकारहरूले कविता, गजल, मुक्तकजस्ता छाेटा साहित्यिक रचनाहरू प्रस्तुत गर्नुभएकाे थियाे ।
झरनाले हरेक वर्ष चैत महिनाकाे चाैथाे शनिबार आयाेजना गर्दै आएकाे “मुक्तक साँझ” (टिकटमा मुक्तक कार्यक्रम) हाललाई स्थगन गर्दै नियमित शृङ्खलालाई यस रूपमा प्रस्तुत गरिएकाे कार्यक्रम संयाेजकद्वय चिरञ्जीवी लामिछाने र झसाप सचिव मसान उपासकले जानकारी गराउनुभयाे । झसापले हरेक महिना मकवानपुरका ग्रामीण तथा सहरी क्षेत्रमा साहित्यिक कार्यक्रम आयाेजना गर्दै आएकाे छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij