२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

जनतालार्इ भ्रममा पार्दै नेपाललार्इ अस्थिर राखिरहने किसिमले वैदेशिक शक्तिकाे योजना बमाेजिम नेपालकाे राजनीति चलिरहेको छ

जनतालार्इ भ्रममा पार्दै नेपाललार्इ अस्थिर राखिरहने किसिमले वैदेशिक शक्तिकाे योजना बमाेजिम नेपालकाे राजनीति चलिरहेको छ

  • बुधबार, चैत्र २३ २०७३

मुल समस्या समाधानको एउटै सुत्र हो सरकारले शक्तिशाली न्यायिक नागरिकता छानबिन आयोग गठन गर्ने अनि नेपालमा जो अहिले भारतबाट एउटा समयमा आएर बसोबास जस्ले गरे, तिनिहरु जो अङ्गिकृत छन्, तिनीहरुले तराइ मधेसको नेतृत्व गरेका छन् । समस्या तिनीहरु हुन्। जस्ले तराइ मधेशको नाममा त्यहाँ बस्ने भुमिपुत्रहरुको इच्छा विपरीतका मुद्दालार्इ अगाडि बढाए ।

ब्रह्माण्ड

संयाेजक, मिसन सिन्धुलीगढी राष्ट्रिय माेर्चा

 सिन्धुलिगढी राष्ट्रिय मोर्चा अहिले के गर्दैछ ?
हामी पौष १ गतेबाट मुख्यतः सरकारसँग अहिलेको मूल राजनीतिक समस्याको जड नागरिकतासँग जोडिएर आएको कारण सरकारसँग शक्तिशाली न्यायिक नागरिकता छानबिन आयोग गठनको माग सहित सरकारलाइ दबाब दिन मिसन सिन्धुलिगढी राष्ट्रिय मोर्चाको तर्फबाट २७ बुँदे मागपत्र राख्दै निरन्तर खुल्लामञ्चमा रिले अनशनमा बसिरहेका छौं । जुन मागलाई सरकारले सम्बोधन गरेमा अहिलेको सारा राजनीतिक समस्याको गाँठो फुक्छ भन्ने अपेक्षा समेत हामीले राखेका छौं ।

मोर्चाको खास रोड म्याप के हो ?

मोर्चाको मुख्य रोड म्याप भनेको ‘हराएको नेपाल रास्ट्र खोज्न जाऔ !
लुकाइएको नेपाल रास्ट्र खोस्न जाऔ !!’ भन्ने हो । यसकाे अर्थ के हो भने हाम्रो नेपालको विश्वमा चिनिएको पहिचान या चिनारी आज हरायो भन्ने हो, जस्तो हामी बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक मुलुकको चिनारी मेटाइयो । हाम्रो तीन-तीनवटा सभ्यता ( शिव, जनक र बुद्ध ) सभ्यता माथि आज प्रहार भएको छ । सगरमाथाको देश, हिमाल पहाड तराइको देश, अनि बिश्वलार्इ अहिलो मानवजातिको लिखित दस्तावेज वेदको दर्शन सिकाउने देशको चिनारी आज मेटाइयो । यी र यस्ता यावत् फरक चिनारी जुन थिए, यी हराए भन्ने हो र हामीले खोज्नुपर्छ भन्यौं, यसैकारण हामी सङ्घर्षरत छाैं ।
अर्को, लुकाइएको नेपाल रास्ट्र खोस्न जाऔं भन्नुको अर्थ हो आज हामी बाह्य रुपमा जति सार्वभौम स्वतन्त्र भनिए पनि हाम्रो देशको आन्तरिक निर्णय हामीले गर्न सक्दैनौं, हाम्रो निर्णय दिल्ली र पस्चिमा शक्तिले गर्छ ।
जस्तो एउटा उदारहण गत २०७२ असोज ३ मा संविधान जारी भयो । त्यस क्रममा नेपाली नागरिक वा जनतासँग सुझाव मागियो तर त्यो सुझाव र सल्लाहलाई किन लुकाइयो त ? के आज धर्मनिरेपेक्षता र संघीयता हामी आम नेपालीको एजेन्डा थियो ? कहाँबाट आयो यो ? यस्तै कुराहरू थुप्रै छन् । अब हामीले त्यो अधिकार खोसेर ल्याउनुपर्छ भनेका हौं ।

रिले अनशन के का लागि गरिएको हो ?
हामी आफुलार्इ यो देशको जिम्मेवार शक्ति ठान्छौं । हाम्रो संगठनको दायित्व हो कि सरकारलार्इ हराएको नेपाल हामी कसरी खोज्न जाँदैछौं अनि लुकाइएको नेपाल राष्ट्र कसरी खोस्न जाँदैछौं भन्ने जानकारी दिनु हाम्रो नैतिकता हो, तर लोकतान्त्रिक भन्ने सरकारले माग पूरा गर्न त परै जाओस् अहिले सम्म मागपत्र बुझ्न नै मानिरहेको छैन । यसैकारण मुख्यतः सरकारले हाम्रो मागपत्र विगत एकवर्ष अगाडिबाट नबुझ्नाले हामी सरकारलाई दबाब दिन रिले अनशनमा बसेका हौं । हामी जनताको घर-आँगनमा पनि जान सुरु गरिसकेका छौं । अब जनतामा यो मुद्दा लिएर हामी छिट्टै जाँदैछौंं ।

मोर्चाले उठाएका एजेन्डा के-के हुन् ?
मुख्य एजेन्डा हाम्रो देशमा वैदेशिक शक्ति हावी भयो र यहाँको स्थायी शक्तिलार्इ अस्थायी शक्तिले सञ्चालन गरेको तथ्य छ । यसैकारण हाम्रो मुख्य माग नेपालको राज्यसत्ताको हरेक निकायमा वैदेशिक शक्तिका संरचना हावी भएका छन् । तिनलार्इ नष्ट गर्न सक्नुपर्छ । यसैको लागि हो हाम्रो मुख्य माग नागरिकता छानबिन आयोग गठन, अर्को अब शिक्षक र निजामती कर्मचारीमा पार्टीगत संघसंगठन माथि प्रतिबन्ध, अर्को ngo/ingo माथी सरकार द्वारा प्रत्यक्ष हस्तक्षेप अनि ५५ लाख वैदेशिक नेपाली युवा शक्तिलाई नेपाल फर्काइ राष्ट्रिय पुँजीको नेतृत्वकर्ता बनाउने हाम्रो कार्यक्रम छ । हामीसँग १५० खर्व भन्दा बढी राष्ट्रिय पुँजिको श्रोत छ । त्यो परिचालन गर्ने नीति हामLसँग छ । यस्तै गरि २७ वटा हाम्रा कार्यक्रम छन् । ती पूरा गर्ने कार्ययोजना हामी सँग छ । यो हाम्रो मुलतः रास्ट्र र राष्ट्रियतालाइ जोगाउँदै वैदेशिक शक्तिलार्इ परास्त गर्दै सम्मुनत रास्ट्र निर्माण गर्ने एजेन्डा छ ।

 तपाइहरुका मुद्दाहरुलार्इ राज्यले कसरी हेरेको छ ?
सरकार वा राज्यले हेरेको र सुनेको भए त यो रिले अनशन किन बस्नुपर्थ्यो र ! एउटा लोकतान्त्रिक सरकार भनाउँदाले मागपत्र त बुझ्न नमान्नेबाट के आशा राख्नु र ?
यो कसैको इमान्दार कार्यकर्ता द्वारा बनेको सरकारलाई थप हाम्रो भन्नु पनि केही छैन ।

रिले अनशन कहिलेसम्म जारी रहन्छ ?
हामिले मागपत्र बुझियोस् भन्दै प्रधानमन्त्रीको कार्यालय अनि प्रधानमन्त्रीको निवास समेत घेर्यौं तर सरकारले सुनेन । जस् पश्चात् अब हामी यहि खुल्लामन्चबाट र देशभरको अभियान मार्फत ३ करोड नेपाली जनतालाइ मागपत्र बुझाउने याेजनामा छौं । अनि ३ करोड नेपाली जनताको साथ र सहयोग पाइसकेपछि सिंहदरबारमा गइ मागपत्र कार्यान्वयन गर्ने हैसियत विकाश नगरे सम्म यहिँ बसिरहन्छौं । जिल्लामा नियमित अभियान चलिरहन्छ ।

 

  • नेपाली जनतालार्इ भ्रममा पार्दै नेपाललाइ अस्थिर राखिरहने र वैदेशिक शक्ति हावी भइरहने योजनामा आजको राजनीतिक सेरोफेरो घुमिरहेको छ यस्को एकमात्र निकाश अब सम्पुर्ण रास्ट्रवादी शक्तिहरु एक ठाउँमा बस्दै राष्ट्रिय प्रतिरोध आन्दोलन उठान गर्दै सारा गलतको विरुद्द लडाइलड्दै यो देशलाइ वैदेशिक शक्तिको हातबाट मुक्त गराउनु हो ।

 मोर्चाको सम्क्षिप्त परिचय दिनुस् न ?
साम्राज्यवादी र विस्तारवादी शक्तिलार्इ सन् १८२४ मा सिन्धुलिगढी गढिबाट अंग्रेज़ फौजलाइ पृथ्वीनारायण शाहले जसरी युद्धद्वारा हराए र आजको सिङ्गो नेपाल राष्ट्र हामीलाइ दिए, जसकाे कारण आज हामी विश्वमा हामी नेपाली भनी चिनारी दिन सफल भएका छौं । त्यसैगरी आज २१ औं शताब्दिमा पुःन सिन्धुलीगढी प्राप्त गर्नुपर्यो भन्नुको अर्थ छ । त्यो हो आज हामी आकारको मात्र नेपाल र नेपाली छौं । हामीलाइ सञ्चालन गर्ने शक्ति साम्राज्यवादी र विस्तारवादीहरु छन् तिनिहरुका संरचनालाइ ध्वस्त पार्दै अगाडि बढ्नु र नेपाल राष्ट्रलाई फिजिकरण हुनबाट जोगाउनु नै यस माेर्चाकाे उद्देश्य हो ।
वर्तमान राजनीतिलाई कसरी मुल्यांकन गर्नुभएको छ ?
यो सरकारलाई हामीले मात्र भन्दा पनि समग्र नेपाली जनताले मुल्यांकन गरिसकेका छन् । यो सरकार कुनै भरपर्दो शक्ति जसले नेपालमा २००७ सालदेखी हस्तक्षेप गर्दै आयो, उसैका इमान्दार मान्छेहरुद्वारा परिचालित हो भन्नेमा हामी पनि द्विधामा छैनौं ।

अहिलेकाे राजनीतिलार्इ कसरी लिनुभएकाे छ ?

अहिलेको सरकार र राजनीतिक घट्नाक्रम वैदेशिक शक्तिको योजनाबद्ध कार्यक्रम भित्र पर्छ । यसकारण यो नेपाली जनताको लागि निकाश होइन यसले त झन झन् रास्ट्रलार्इ नै  सिध्याउँछ । अत: वैदेशिक शक्तिको चक्रव्युहलाई तोड्न सक्ने यो सरकारको न हैसियत छ ! न त सक्छ नै। यसरि नै चुनाव भन्यो के भन्यो अनेक थरी भन्दै नेपाली जनतालार्इ भ्रममा पार्दै नेपाललाइ अस्थिर राखिरहने र वैदेशिक शक्ति हावी भइरहने योजनामा आजको राजनीतिक सेरोफेरो घुमिरहेको छ यस्को एकमात्र निकाश अब सम्पुर्ण रास्ट्रवादी शक्तिहरु एक ठाउँमा बस्दै राष्ट्रिय प्रतिरोध आन्दोलन उठान गर्दै सारा गलतको विरुद्द लडाइलड्दै यो देशलाइ वैदेशिक शक्तिको हातबाट मुक्त गराउनु हो ।

  • स्थानिय तहको चुनाव संविधान विपरित छ । स्थानिय तह प्रान्तीय सरकार मातहत बन्ने प्रष्ट संविधानमा उल्लेख हुदाहुँदै प्रान्तीय चुनाव नगरी स्थानिय चुनाव संविधानतः गर्न मिल्दैन । अर्को यो चुनाव संघीयता लागू गर्ने बिषयसँग जोडिएर आएको छ । अत : हामी संघीयताको विरोधमा रहेको कारण र संविधान विपरित भएको कारण यसलार्इ अवैधानिक मान्दै अाएका छाैं 

निर्वाचन मितिको घोषणालाई कसरी लिनुभएको छ ? अनि चुनावमा भाग लिने कि नलिने ?
हाम्रो प्रष्ट राजनीतिक मुद्दा हो, गणतन्त्रलाई कार्यान्वयन गर्दै धर्मनिरेपेक्षता र संघीयतालाई स्थगित गर्नुपर्छ । अब चुनाव घोषणा भएको छ । यत्रो विवाद नामाङ्कन र सिमाङ्कनको मुद्दालाई सम्बोधन नगरी सरकारले कसरी चुनाव गराउला ? अर्को मुल कुरा यो स्थानिय तहको चुनाव संविधान विपरित छ । स्थानिय तह प्रान्तीय सरकार मातहत बन्ने प्रष्ट संविधानमा उल्लेख हुदाहुँदै प्रान्तीय चुनाव नगरी स्थानिय चुनाव संविधानतः गर्न मिल्दैन । अर्को यो चुनाव संघीयता लागू गर्ने बिषयसँग जोडिएर आएको छ । अत : हामी संघीयताको विरोधमा रहेको कारण र संविधान विपरित भएको कारण यसलार्इ अवैधानिक मान्दै चुनावमा भाग नलिने जानकारी गराउँछाैं ।

 मोर्चामा कति दल आबद्द छन ?
हामी अहिले ५ दलहरु आबद्द भएर अघी बढिरहेका छौं ।
जसकाे नेतृत्व हाम्रो पार्टी नेपालले गरिरहेकाे छ । यसकाे अलावा आम नेपाली पार्टी, देश दौडाह जनचेतना पार्टी, सशक्त रास्ट्रवादी युवा शक्ति नेपाल र राष्ट्रिय मुक्ती आन्दोलन नेपाल समेत हाम्राे माेर्चामा छाैं ।

मधेस आन्दोलन र संविधान संशाेधनलाई टुङ्ग्याउने सुत्र तपाइहरुसँग छ कि ?
छ नि । देशकाे मुल समस्या अहिले मधेश नै देखिएको छ । मुल समस्या समाधानको एउटै सुत्र हो सरकारले शक्तिशाली न्यायिक नागरिकता छानबिन आयोग गठन गर्ने अनि नेपालमा जो अहिले भारतबाट एउटा समयमा आएर बसोबास जस्ले गरे, तिनिहरु जो अङ्गिकृत छन्, तिनीहरुले तराइ मधेसको नेतृत्व गरेका छन् । समस्या तिनीहरु हुन्। जस्ले तराइ मधेशको नाममा त्यहाँ बस्ने भुमिपुत्रहरुको इच्छा विपरीतका मुद्दालार्इ अगाडि बढाए । खासमा मधेसी मोर्चामा गलत नेतृत्व हावी हुँदा समस्या देखा पर्यो । मोर्चामा सबै नेतृत्व अङ्गिकृत छैनन् तर अङ्गिकृत हावी भएका छन् जसले वास्तविक तराइको मुद्दालाई ओझेलमा पार्न सफल भएका छन् ।
हामीले भनेका छौं, आज तराइको मुल समस्या र मुद्दा जमीनकाे मुद्दा हाे, छुवाछूतको समस्या हो, दाइजो प्रथाको समस्या हो, समुदायगत रुपमा रहेको आर्थिक विभेदको समस्या हो, किसान अनि उखु किसानको समस्या हो, अनिवार्य दाइजो प्रथा दहेजको समस्या लगायत विभिन्न समस्याहरू मधेशमा रहँदै अाएका छन् । यो मुद्दा आज कुनचाहि मधेशी पार्टी र नेतृत्वले उठाए ।
अत : सुत्र यहि हो हामिले अगाडि सारेका २७ बुँदे लागू गरौं, यसकाे लागि वास्तविक तराइ मदेशमा बसोवास गर्नुहुनेहरु नेतृत्वमा स्थापित हुनुपर्छ । अब तरार्इबाट भुमिपुत्रहरु जाग्ने हो भने समस्या समाधान हुन्छ । जसकाे लागि हामी तराइ मदेशमा प्रवेश गरिसकेका छौं ।
अत : अबको रास्ट्र र राष्ट्रियताको अन्तिम लडाइ तराइमा बस्ने भुमिपुत्रको अगुवाइमा अगाडि बढ्यो भने मात्र सफलता प्राप्त गर्न सकिन्छ । यो नै अबको अभियान हो, राष्ट्रिय राजनीतिको समस्या समाधन हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij